समाज

अत्याधिक गर्मी बढेका कारण ३ दिन वीरगंज नगरका विद्यालय बन्द

असार १०, २०७६

    पर्सा : मध्य तराइमा तीनचारदिन यता फेरि अध्याधिक गर्मी बढेसँगै वीरगंज महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सबै विद्यालय ३ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। 

    मंगलबार यहाँको तापक्रममा अहिले सम्मकै उच्च भएपछि बुधबारदेखि ३ दिनसम्म महानगरपालिकाका सबै शैक्षिक संस्था बन्द गरिएको हो। बीरगंज क्षेत्रमा मंगलबारको तापक्रम ४४ डिग्रीसम्म पुग्दा शिक्षक र विद्यार्थी समेत गर्मीले बेहोस हुन थाले ।

    सिद्धार्थ मा.वि.मा एक विद्यार्थी नर्सिङ माविमा एक शिक्षक र त्रिजुद्ध मा.वि. मा २ जना विद्यार्थी गर्मीले बेहोस भएर ढलेका सूचना आएपछि गर्मीलाई मध्यनजर गर्दै गर्मी विदाबाट कट्टा हुनेगरी आगामी तीन दिनसम्मका लागि बीरगंज महानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको बीरगंज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताए। 

    हरेक पालिका आफैँ स्वतन्त्र भए अनुसार आफ्नो नगर क्षेत्र भित्रका विद्यार्थी र शिक्षकको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले भने नगर प्रमुखको सुझाव अनुसार नै सबै विद्यालय बन्द गरिएको उनको भनाइ छ।

    आफ्नो क्षेत्र भित्रको अवस्थालाई बढी ध्यान दिन पाउने पछिल्लो नीति अनुसार अरुतिर के हुँदै छ भन्ने भन्दा पनि गर्मीबाट विद्यार्थी र शिक्षकलाई बचाउन महानगरले यो निर्णय लिएको महाशाखा प्रमुख कर्णले बताए। 

    विपत व्यवस्थापनको अध्यक्ष स्थानीय प्रमुख जिल्ला अधिकारी हुँदा हुँदै समग्र जिल्लाको नै उस्तै अवस्था हुँदा महानगरपालिकाले मात्र एकतर्फ रुपमा निर्णय गरेको सुन्न आएको छ। गर्मी सबैलाई हुन्छ। समन्वय गरेर आधिकारिकारिक रुपमा जिल्लाकै विद्यालय एकसाथ छुट्टि दिन सकिन्थ्यो। तर इकाइको समन्वय विना महानगरले पहिले जस्तै अहिले पनि छुट्टी दिएको हल्ला छ।

    समग्र जिल्लाकै विद्यालयको हकमा भने पर्साका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी निर्णय लिने जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख हरि राउत कुर्मीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]