अर्थ : कर्पोरेट

सिद्धार्थ बैंकले विपन्‍न विद्यार्थीलाई सहुलियत कर्जा दिने

असार ११, २०७६

    काठमाडौं : सिद्धार्थ बैंकले न्यून आर्थिक अवस्था, सीमान्तकृत र विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’ ल्याएको छ ।  

    स्वदेशमै उच्च शिक्षा हासिल गरी उद्यमी बन्‍न चाहने युवाका लागि बैंकले उक्त कर्जा उपलब्ध गराउने भएको छ । उक्त कर्जाको कार्यान्वयनका लागि सिद्धार्थ बैंक र कलेज अफ अप्लाइड फुड एण्ड डेरी टेक्नोलोजी कलेजबीच बैंकिङ सम्झौता भएको छ । 

    यस सम्झौता अनुसार काठमाडौंको मिनभवनमा रहेको उक्त कलेजमा फुड तथा डेरी टेक्नोलोनीमा स्नातक, स्नातकोत्तर गर्न चाहने विद्यार्थीलाई बैंकले अन्य शुल्क नलाग्ने गरी आधार दरमा २ प्रतिशतमात्र प्रिमियम जोडी हुन आउने व्याजदरमा शैक्षिक कर्जा प्रवाह गरिनेछ । 

    उक्त व्याजदरमा नेपाल राष्ट्र बैंकले ५ प्रतिशत सहुलियत प्रदान गर्नेछ । बैंकले उच्च शिक्षा हासिल गर्दै स्वदेशमै शिक्षा र रोजगारीमा प्रोत्साहन गर्न यस्तो कर्जा सुविधा सबै शाखाहरुमार्फत उपलव्ध गराउने जनाएको हो ।

    सिद्धार्थ बैंकको चुक्ता पँुजी आठ अर्ब ८८ करोड छ। कुल निक्षेप एक खर्ब १४ अर्ब र कर्जा एक खर्ब सात अर्ब पुगेको छ । 

    बैंकले देशभर १५६ शाखा, १०० सय शाखारहित बैंकिङ्ग ९४ वटा एक्स्टेनसन काउन्टर सहित०  र १ सय ६९ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]