राजनीति

लोकसेवाका लागि छात्रा तयार पार्दै प्रदेश २ सरकार

असार ११, २०७६

    जनकपुरधाम : लोकसेवाको विज्ञापन विवादित बनेको बेला प्रदेश २ सकारकाले लोकसेवा पास गर्न छात्रालाई विशेष कक्षाको व्यवस्था गरेको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा जनकपुरमा छात्राका लागि लोकसेवा तयारी कक्षा बुधबारबाट प्रारम्भ गरिएको छ।

    ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सुरु भएको लोकसेवा तयारी कक्षाको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गरेका हुन्। कौटिल्य इन्स्टिच्यूट जनकपुरको सहकार्यमा सय छात्रालाई लोकसेवा तयारी गराउन प्रदेश सरकारले ५ लाख रुपैयाँ उपलब्ध गराएको छ। कक्षा १५ दिनसम्म चल्नेछ।

    उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार सामाजिक रुपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरेको बताए। उनले हरेक निकायमा महिलाको सहभागीता नभएसम्म प्रदेश समृद्ध नहुने बताउँदै सय छात्रालाई लोकसेवा तयारी कक्षा सुरु भएको बताए। उनले अब विस्तारै सरकारी सेवामा महिलाको पहुँच बढ्ने विश्वास व्यक्त गरे।

    प्रदेश सरकारले महिलाको सशक्तीकरणका लागि बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण जस्ता कार्य अगाडि बढेको मुख्यमन्त्री राउतले जानकारी गराए। उनले बिहीबारदेखि ४ हजार छात्रालाई साइकट वितरण सुरु गरिने पनि बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]