समाज

शिक्षकको तलब माग्दै विद्यार्थीले गरे ढुंगामुढा, विद्यालयमा तोडफोड

मेयर र शिक्षकको विवादमा विद्यार्थी 'हतियार'

असार ११, २०७६

    जनकपुरधाम : धनुषाको विदेह नगरपालिका–६ गिद्धास्थित जनता माध्यमिक विद्यालयका शिक्षकसँगै विद्यार्थी पनि आन्दोलित बनेका छन् । बुधबार हुलाकी राजमार्ग अवरुद्ध पारेर त्यहाँका मेयर बेचन दासविरुद्ध नाराबाजी गरे।

    तलब नपाएको भन्दै शिक्षकहरु तीन दिनदेखि ‘पेन डाउन’ गरेका छन् । जसका कारण पठन पाठन नभएपछि विद्यार्थीले पनि आन्दोलन थालेका छन् । हुलाकी सडकमा टायर बालेर अवरुद्ध गर्दा तीन घण्टासम्म यात्रु अलपत्र परे । सडक अवरुद्ध गरेपछि विद्यार्थीले नगरपालिका पनि घेराउ गरेका छन्। 

    विद्यार्थीले शिक्षकको तलब निकासा गर, पठन पाठन सुचारु गर, मेयर दास मुर्दाबाद जस्ता नारा लगाएका छन् । विद्यार्थीहरुले नगरपालिकामा ढुंगामुढा गर्न थालेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आक्रोशित विद्यार्थीले विद्यालयमासमेत तोडफोड गर्नुका साथै मयेर दासको गाडी घेरेका थिए । विद्यार्थी र शिक्षकको आन्दोलनमा ४ वडाध्यक्ष र वडा सदस्यलेसमेत समर्थन जनाएका छन्।

    मेयर दासले प्रधानाध्यापक पवन मण्डल र शिक्षक ब्रह्मदेव यादब बाहेक सबैको तलब निकासा गरिसकेको दावी गरेका छन् । ‘प्रधानाध्यापक मण्डलको काज सरुवा यही नगरपालिका–२ स्थित शंकर माध्यमिक विद्यालयमा गरेको हो। उसैले विद्यार्थीलाई उचाल्ने काम गरेकोको छ’, मेयर दासले भने, ‘त्यसैले यी दुई जनाको तलब पठाएको छैन । बाँकी सबैको पठाइसकेको छु ।’

    प्रधानध्यापक मण्डलले विद्यालयमा ५१ शिक्षक कार्यरत रहे पनि करिब ३० जनाको तलब मात्रै पठाएको दावी गरे । ‘आगोमा घिउ हाल्दा निभ्छ ? ३० जना शिक्षकको मात्र तलब पठाएपछि कसरी विद्यालय चल्छ ?,’ उनले प्रश्न गरे। 

    काज सरुवा गरेकोबारे आफूले जानकारी नपाएको उनले बताए । सबै शिक्षकको तलब नपठाएसम्म विद्यालय सञ्चालनमा नआउने उनको भनाई छ ।

    यता, विद्यार्थीहरुले मेयर दासले विद्यालयको वातावरण विगारेको आरोप लगाएका छन् । विद्यालयको पठनपाठन सुधार गरेका मण्डललाई मेयरले अन्यत्र पठाउन खोजेको आरोप उनीहरुको छ।

    छात्रवृत्तिसहित विभिन्न शीर्षकका करोडौँ रुपैया रोकेपछि विवाद सुरु भएको एक अभिभावकले बताए । उनका अनुसार मेयर र प्रधानाध्यापकबीचको मतभेदको विद्यार्थी मारमा परेका छन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]