राजनीति

मधेशको अधिकारका लागि दत्तचित्त भएर लाग्छौँ :  अध्यक्ष दत्त

असार ११, २०७६

    कपिलवस्तु : संवैधानिक आयोगका रुपमा रहेको मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले मधेश र मधेशीको अधिकारका लागि आयोगले काम गर्ने बताएका छन्। मधेसी आयोगले बुधबार कपिलबस्तुमा आयोजना गरेको ‘प्रदेश ५ स्तरीय मधेसीको समस्या र समाधान विषयक अन्र्तक्रियात्मक अनुशिक्षण कार्यक्रम’मा उनले मधेशको भावना र मधेशीका सवाललाई प्राथमिकतामा राखेर आयोगको विधानअनुरूप इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए।

    उनले सबै क्षेत्रमा पहुँच हुन नसकेका सीमान्तकृत वर्ग तथा मधेशी समुदायको सशक्तीकरणकै लागि आयोगको गठन भएको समेत उल्लेख गरे। उनले अवधी तथा मैथिली भाषामा मधेशको इतिहास, संस्कृतिको पहिचान, हकहित र संरक्षण सम्वर्द्धन गर्न आयोग दत्तचित भएर काम गर्ने उल्लेख गरे।

    आयोगले समाजको प्रत्येक क्षेत्रको संरक्षण, सुरक्षाका लागि कार्य गर्ने जिकिर गर्दै आयोगको विधान र उद्देश्यअनुरूप अक्षरसः पालना गर्ने बताएका छन्। आयोग गठन भएको छोटो समयमा आफूहरूले सुरुमा नै आफ्नो मधेशी आयोगको एप्प, वेबसाइट, पेज, इमेल बनाई सकेको र अहिले मधेशीको मुख्य समस्या नै पहुँच रहेको तर्क समेत गरे।

    देशमा संघीयता आए पनि जनताले राहतको अनुभूति गर्न नपाएकोले राज्यका संयन्त्रहरु गम्भीर हुनुपर्नेमा भने सरोकारवाहरूले जोड दिए। अनुशिक्षण कार्यक्रमका अधिकांश सहभागीहरूले भ्रष्टाचार, सुशासन, सरकारी कार्यालयहरूमा ढिलासुस्ती, नागरिकता समस्या, विभेद, अख्तियार दुरुपयोग लगायतका विषयहरू उठाएका छन्।

    कार्यक्रममा सहभागी केपी शर्मा जनसन, दीपक पाण्डे, रामनिवास यादव, गुणाखर गैरे, कृष्ण बहादुर चौधरी, प्रेरणा बिष्ट, मौलाना मसहुद खाँ, पुष्पा रेग्मी, पशुपति मणि त्रिपाठी, रवि ठाकुर लगायतले भौगोलिक अवस्थिती अनुरुपको प्रदेश बाँडफाँड हुनुपर्ने, आफ्नो शासन आफ्नै प्रशासनको ब्यवस्था, मधेसी रेजीमेन्ट (सेना) गठन हुनुपर्ने लगायतका बिषयलाई प्राथमिकताका साथ उठान गरेका थिए। भाषा, कला, संस्कृतिको जर्गेना गर्नमा आयोगले विशेष पहल गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]