राजनीति

सभापतिलाई कांग्रेस प्रतिनिधिहरूको रिपोर्टिङ : प्रदेशहरूले आफूखुसी पैसा बाँड्न थाले

असार १२, २०७६

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधिहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार बनेपछि स्थानीय तहमा भ्रष्टाचार बढेको जनाएका छन्। प्रथम चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरूले संस्थागत भ्रष्टाचार मौलाएको 'रिपोर्टिङ' गरेका हुन्।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार भएको छलफलमा सहभागीहरूले उपभोक्ता समितिमार्फत भ्रष्टारलाई बढावा दिने थालनी भएको आफूहरूले पाएको जानकारी गराएका सहमहामन्त्री प्रकाशशरण महतले बताए। ‘प्रदेश सरकारहरूले आफू खुसी उपभोक्ता समितिको नाममा बजेट सिधै हस्तान्तरण गर्ने गरेको र व्यापक दुरुपयोग भएको पाइएको रिपोर्टिङ भएको छ', थाहा खबरसँग उनले भने, ‘पैसा कार्यकताहरूलाई बाढ्ने गरेको पाइएको छ। अन्य पक्षको छ भने विभेद गर्ने, बाइपास गरेर जाने गरेको प्रतिनिधिहरूको रिपोर्टिङमा उल्लेख छ।’

    प्रदेशका मन्त्रालयहरूले आफूखुशी पैसा बाँड्ने परम्पराको थालनी भएको छलफलमा सहभागीले बताए। संस्थागत भ्रष्टाचार तलसम्म पुगेको उनीहरुको भनाइ छ। सत्तारुढ दलका कार्यकर्ताहरूले मात्रै अवसरहरू पाउने गरेको उनीहरूले सुनाए। महतका अनुसार जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरूले पार्टीको संरचनालाई छिटो पूर्णता दिन पनि सुझाएका छन्। संरचनाको अभावमा केही स्थानमा समस्या देखिएको भन्दै दोस्रो र तेस्रो चरणको जागरण अभियान अगावै संरचनालाई पूर्णता दिनुपर्ने सुझाव दिएका हुन्।

    प्रथम चरणको जागरण अभियान उपयोगी रहेको कांग्रेसले जनाएको छ। नेता तथा कार्यकताहरूको सहभागीताले कांग्रेसमा थप उत्साह थपेको जनाएको हो। बुधबारको कार्यक्रममा सहभागी भएका पार्टी सभापति शेरबहादुर देउवाले जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावहरूले पार्टीलाई थप उर्जा मिल्ने बताए।

    छलफल बिहीबारसम्म चल्नेछ। प्रथम चरणको अभियानमा खटिएका पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्य, अभियानका केन्द्रीय प्रतिनिधिसँग कांग्रेसले छलफल गरेको हो। गत वैशाख २५ देखि जेष्ठ २५ सम्म एक महिना ७७ वटै जिल्लामा कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]