समाज

भारतले खोल्यो धौलीगंगा बाँध, सतर्क रहन आग्रह

File Photo
असार १२, २०७६

    बैतडी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध बुधबर रातिदेखि खोलिएको  छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतवाट प्राप्त पत्रअनुसार बुधबार राति १२ बजेदेखि खोलिएको छ। 

    बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोेले  तटिय क्षेत्रमा जोखीम हुने भएकोले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरे।  महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको छ।  

    बाँध बिहीबार बेलुकासम्म खोलिने भएको भएपनि शुक्रवारसम्म पनि पानीको सतह घटबढ भइराख्ने  भएकोले तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न समेत अनुरोध गरिएको छ। 

    यस्तै दार्चुलाको व्यास गाउँपालिका ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकोले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर  विष्टले बताए।  

    बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइरहेको जनाएको छ। दार्चुलाको दत्तुमा रहेको पूर्व सूचना प्रणालीका अनुसार बिहीबार बिहान ६ बजे पानीको सतह ३.४ मिटर पुगेको थियो भने बिहान  साढे ७ बजे घटेर २.८ मिटर पुगेको छ।  परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ।  

    धौलीगंगा बाँध खोलेपछी दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।  २८० मेगावाट बिद्युत क्षमताको धौलीगंगा परियोजनाको बाधँ खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि सतर्कता अपनाउन सजिलो भएको छ।  २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षति पुगेको  थियो। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]