समाज

आइजिपी खनालले भने : प्रदेश प्रहरीमा संघीय प्रहरीले हस्तक्षेप गर्न सकोस्

असार १२, २०७६

    कामाठाडौं : प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन्। 

    प्रहरी महानिरीक्षक खनालले खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर पनि त्यस्तो अवस्थामा प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढने कानुनी व्यवस्था गर्न अति जरुरी रहेको बताएका हुन्।

    बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले मुलुकको भूसंवेदनशीलतालाई ध्यानमा राखेर पनि कतिपय विषयमा प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको बताए। 

    प्रहरी महानिरीक्षक खनालले प्रदेश प्रहरीले सम्बन्धित प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा एक्लैले लिए पनि वीरगन्ज, भैरहवा, विराटनगरजस्ता नाकाबाट आउने सक्ने राष्ट्रिय सुरक्षाको चुनौती सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक हुने पनि ध्यानाकर्षण गराए।

    प्रहरी महानिरीक्षक खनालले खुला सीमासँग जोडिएका प्रदेशहरु सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षासम्बन्धी कानुन तय गर्नुपर्ने पनि उल्लेख गरे। 

    भिडियो

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]