छापा

अनिवार्य विषयमै विद्यार्थी कमजोर

असार १३, २०७६

    भक्तपुर  : माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनिवार्य विषयमा विद्यार्थी निकै कमजोर रहेको बिहीबार सार्वजनिक नतिजाले पुनः पुष्टि गरेको छ। 

    यी विषयहरूमा विद्यार्थीको थुप्रो डीदेखि सी ग्रेडसम्म रहेको पाइएको छ। अनिवार्य अङ्ग्रेजी विषयमा ए प्लस ल्याउने परीक्षार्थी १५ हजार ७६० छन्, जबकि परीक्षार्थीहरूको भीड सी ग्रेडमा रहेको छ । कुल ९५ हजार ९१ जनाले अनिवार्य अङ्ग्रेजी विषयमा सी ग्रेड ल्याएका छन्। 

    गोरखापत्र दैनिक लेख्छ, अनिवार्य नेपालीमा ए ग्रेड ल्याउनेहरू तीन हजार २१२ छन् भने सी प्लस एक लाख छ हजार ७६ जनाले ल्याउन सकेका छन्। 

    अनिवार्य गणित विषयमा १० हजार ९५३ जनाले ए प्लस हासिल गर्न सफल भए भने एक लाख ७१ हजार २३१ परीक्षार्थीको भीड ई ग्रेडमा थुप्रिएको छ। अनिवार्य विज्ञान विषयमा ए प्लस ल्याउनेहरू १९ हजार ५६२ छन् भने ९० हजार ८९१ जनाले सी ग्रेडमा चित्त बुझाउनुपरेको छ। 

    परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार फलित ज्योतिषमा ए प्लस, ए र बी ल्याउन सक्ने परीक्षार्थी नै छैनन्। इतिहास, न्याय, साहित्य, शुक्ल यजुर्वेद, नीतिशास्त्र, भोट भाषा, आयुर्वेद, कर्मकाण्ड, नेवारी, गृहविज्ञानलगायतका विषयमा ए प्लस ल्याउने परीक्षार्थी शून्य छन्। 

    परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले सिकाइ तह कमजोर भएकाले नतिजा कमजोर देखिएको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]