समाज

उदयपुरका पाँच पालिकाको सभा सम्पन्न, तीनको तयारी

असार १३, २०७६

    उदयपुर : जिल्लाका आठ स्थानीय तहमध्ये तीन नगरपालिका र दुई गाँउपािलकाकाले मात्र नगर\गाँउसभा सम्पन्न गरेका छन। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अन्र्तगत रहेर अर्थमन्त्रालयले जारी गरेको परिपत्र अनुसार एक नगरपािलका र दुई गाँउपालिकाकाले अझै पनि गाँउ\नगरसभा सम्पन्न गरेका छैनन्।

    अर्थ मन्त्रालयले अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को उपदफा (३) मा उल्लेख भएअनुसार प्रत्येक वर्ष असारको १० गते भित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धी गाँउ वा नगरसभामा पेश गर्नुपर्छ।  विभिन्न कारण देखाउँदै एक नगरपालिका र दुई गाँउपालिकाकाले अझै पनि गाँउ÷नगरसभा गर्न सकेका छैन।’ पाँच स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट नगर तथा गाउँसभा मार्फत ल्याएका छन्।

    कसको कति बजेट?

    उदयपुरको त्रियुगा, चौदण्डीगढी, वेलका नगरपालिका, लिम्चुङबुङ गाँउपालिकाकाले आगामी आर्थिक वर्ष २०७६\०७७ को लागि बजेट सार्वजनिक गरेका छन्, जसमा सबैभन्दा ठूलो बजेट त्रियुगा नगरपालिकाकाको छ।  आगामी आर्थिक वर्षको लागि एक अर्ब एक करोड ३० लाख एक हजार रुपैया बजेट प्रस्ताव गरेको त्रियुगा नगर प्रमुख वलदेव चौधरीले जानकारी दिए।

    नगर सभाले बजेटको बाँकी विनियोजन आगामी असार २० र २१ गते बस्ने नगर सभाले पारित तयारी समेत छ। बजेट संगै त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिकाको आर्थिक विद्येयक २०७६ समेत प्रस्ताव गरेको थियो। 
    यसैगरी चौदण्डीगढी नगरपालिकाको पाँचौँ नगर सभा ६२ करोड ५० लाखको बजेट प्रस्ताव गरेको नगरपालिका प्रमुख खगेन्द्र राईले बताए। आगामी आर्थिक वर्षका लागि योजनाहरु प्रस्तावमा छलफल भइरहेको उनको भनाइ छ। त्यसैगरी वेलका नगरपालिकाले ५७ करोड ६० लाख रुपैयाँ अनुमानित बजेट सहितको निति तथा कार्यक्रम प्रस्तुत गरेको बेलका नगर प्रमुख दुर्गा थापा स्वस्तिकले बताए। बजेटको बाँडफाँड सहितको सार्वजनिकीकरण र अन्तिम रूप भने आगामी असार २९ गते सम्ममा टुंगो लगाउने तयारी छ।

    रौतामाई गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड ६० लाख ३० हजार ६ सय ९६ रुपैया बजेट प्रस्तुत गरेको गाँउपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए। २७ करोड ३२ लाखको बजेट सार्वजानिक गरेको लिम्चुङबुङ गाँउपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए। 

    त्यसै गरी उदयपुरको, लिम्चुङबुङ गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको लागि निति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँ तथा नगर सभा सुरु गरेका छन्।

    तयारी गर्दै तीन पालिका

    कटारी नगरपालिका, ताप्ली र उदयपुरगढी गाउँपालिकाको तोकिएको समयमा सभा सम्पन्न गरेर बजेट ल्याउन सकेका छैनन्। उदयपुरगढीकी उपाअध्यक्ष सानुकुमार राउतले विषयगत समितिमा छलफल भइरहेको बताइन्। ‘असारको अन्तिमतिर मात्र गाउFसभा सम्पन्न हुने भयो,’ उनले भनिन्, ‘तोकिएको समयमा सम्पन्न गर्न परिपत्र भए पनि काम गर्न सकिएन, तयारी गरिरहेका छौँ।’

    यसैगरी ताप्ली गाँउपालिका अध्यक्ष उद्धवसिंह थापाले पनि तोकिएको समयमा सम्पन्न गर्न नसकेको बताए। भने ‘चालु आर्थिक वर्षकै योजना सम्पन्न गर्नुपर्ने र भुक्तानी दिनेका कामले सम्पन्न गर्न सकिएन।’ कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले २९ गते नगरसभाबाट ६८ करोड ८० लाख बजेट ल्याउने तयारी भएको जानकारी दिए। ‘कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पुर्वाधारमा जोड दिइएको छ,’ उनले भने, ‘कटारी नगरपालिकाको वडा  १०, ९, ११ लाई 'लालीगुराँस जोन' घोषणा गर्ने तयारी गरेका छौँ।’
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]