समाज

गाउँपालिकाका सबै विद्यालयमा स्वास्थ्य सामग्री र स्टेचर वितरण

असार १३, २०७६

    सल्यान : छत्रेश्वरी गाउँपालिकाले गाउँपालिकाका सबै विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार सामग्री प्रदान गरेको छ।

    गाउँपालिकाभित्रका ४० विद्यालयमा विभिन्न उपचार सामग्री राखेर एकएक थान उपचार सामग्रीसहितको बाकस र स्टेचर वितरण गरिएको हो। विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त प्राथमिक स्वास्थ्य उपचार गर्नका निम्ति आवश्यक सामग्री तथा औषधिसहितको स्वास्थ्य सामग्री प्रदान गरिएकोे गाउँपालिकाले जनाएको छ।

    विद्यालयको समयमा कक्षा कोठा तथा विद्यालय परिसरमै बिद्यार्थीहरुलाई स्वास्थ्यमा समस्या देखिँदा अस्पताल लैजानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य उपचारका सामग्रीहरु उपलब्ध गराएको गाउँ स्वास्थ्य प्रमुख अमर शर्माले बताए।

    गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुलाई सामग्रीहरुको प्रयोग गर्ने तरिका सिकाएर स्वास्थ्य सामग्रीसहितको बाकस र स्टेचर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए। गाउँपालिकाले पाँच लाख रुपैयाँको बजेटमा प्राथमिक स्वास्थ्य उपचार सामग्री, बाकस र स्टेचर खरिद गरिएको उनको भनाइ छ।

    यस्तै, कार्यालयले एक हजार सेनेटरी प्याड वितरण गरेको छ। गाउँपालिकाका दुई वटा माध्यमिक विद्यालयमा पाँच÷पाँच सयका दरले सेनेटरी प्याड वितरण गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]