काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
काठमाडौं : आइतबार दिउँसो भक्तपुरमा एक महिलाको हत्या भएको छ। चाँगुनारायण नगरपालिका-७ बाँसघारीमा डेरा गरेर बस्दै आएकी सिन्धुपाल्चोककी ६० वर्षीया साबित्री भट्टराईको हत्या भएको हो।
मोटर साइकलमा आएका दुई/ तीनजना युवाले वृद्धाको हत्या गरेर फरार भएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी त्यहाँ पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी प्रवक्ता तथा डीएसपी रेवतीरेमण पोखरेलले डेरामै वृद्धाको शव भेटिएको जानकारी दिए। 'आफ्नै डेरामा वृद्धाको शव भेटिएको छ', उनले भने, 'घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ। अनुसन्धान गरिरहेको छौँ।' उनले अहिले तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान तीव्र पारिएको जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।