काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई राज्यले नै कमजोर पारेको आरोप लगाएका छन्। जनकपुरधाममा मधेश प्रद...
काठमाडौं : वर्षा लागेसँगै विभिन्न राजमार्गमा सडक अवरुद्ध हुने क्रम बढेको छ। तर, सडक विभागले भने तीन घण्टाभन्दा बढी सडक अवरुद्ध हुन नदिनेगरी व्यवस्था मिलाएको जनाएको छ।
सडक विभागका महानिर्देशक केशव शर्माले कुनै पनि सडक खण्ड तीन घण्टाभन्दा बढी अवरुद्ध नहुनेगरी संयन्त्र तयार गरिएको दाबी गरे।
'वर्षाका कारण अवरुद्ध यातायातलाई ३ घण्टामै सहज बनाउनेगरी नजिकको सडक कार्यालयमा जनशक्ति र इक्विपमेन्ट व्यवस्था गरेका छौं’ शर्माले भने। ‘ठूलै पहाड खसेमा र सडक भासिएको अवस्थाबाहेक हामीले अवरुद्ध हुन दिनेछैनौँ।
वर्षाको समय सुरु भइसकेकाले पहाडी क्षेत्र तथा कमजोर भूगोल भएको क्षेत्रमा पहिरो गएर यातायात अवरुद्ध भएको अवस्था छ। राजमार्गका सडकहरू समेत समयमै सञ्चालन हुन सकेका छैनन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।