राजनीति

तुलसीपुरमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

साउन १९, २०७६

    दाङ : नेपाली कांग्रेसले सरकारले सुशासन प्रवर्द्धन गर्न नसकेको आरोप लगाउँदै तुलसीपुरमा प्रर्दशन गरेको छ। प्रत्येक व्यक्तिलाई प्यान नम्बर लिनुपर्ने व्यवस्था गर्नु, रासायानिक मलको उपलब्धता नहुनु, शान्ति सुरक्षा कायम गर्न नसक्नु, भ्रष्टाचार मौलाउनुले सरकारले सुशासन प्रवर्द्धन गर्न कमजोर भएको कांग्रेसको आरोप छ।

    कांग्रेस तुलसीपुर नगरकमिटिको आयोजनमा गरीएको प्रर्दशनले बजारका विभिन्न टोलको परिक्रममा पछि तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। उपप्रमुख माया आचार्यलाई विभिन्न मागसहितको १२ बुँदे ज्ञापनपत्र बुझाएको हो।  ज्ञापनपत्र बुझाएपछि बिपी चौकमा कोणसभाको आयोजना गरीएको थियो।

    कोणसभामा पूर्वसांसद गेहन्द्र गिरीले भ्रष्टाचार नियन्त्रण गर्न, किसानलाई समयमै मल वीउ उपलब्ध गराउन, प्यान नम्वर लिने तत्कालको ब्यबस्था खारेज गर्न, मंहगी नियन्त्रण गर्न र सुशासन प्रवर्द्धन गर्न माग गरे।

    त्यसैगरी, नगर प्रमुख घनश्याम पाण्डेलाई नेपाली कांग्रेसले ‘टुरिष्ट’ मेयरको संज्ञा दिएको छ। उपमहानगरको गतिविधिभन्दा धेरै समय विदेश र राजधानी केन्द्रित भएको भन्दै कांग्रेसले यस्तो आरोप लगाएको हो।

    नगरप्रमुख पाण्डे भने अहिले पनि भारत भ्रमणमा गरेका छन्। बाबा रामदेवलाई भेट्न दलबलसहित नगरप्रमुख भारत पुग्दा नगरको फजुल खर्च भएको आरोप कांग्रेसको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]