खेलकुद

आयरल्याण्डले नेपाललाई दियो १४६ रनको लक्ष्य

फाइल फोटो
असोज २२, २०७६

    काठमाडौं : पाँच देशीय टि-२० सिरिजअन्तर्गत नेपाललाई आयरल्याण्डले १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। आयरल्याण्डले २० ओभर पूरै खेलेर ८ विकेटको क्षतिमा १४५ रन बनाएको हो।

    ओमानको अल अम्रेट क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको थियो। नेपालका लागि करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिएका थिए।

    आयरल्याण्डका लागि पाउल स्ट्रेलिले ४७ बलमा ५९ रन लिए। एन्डी बालबेरियनले २८ बलमा ३८ रन लिए स्टट थम्सनले नटआउट २१ रन लिए। भन अन्यले दोहोरो अंक जोड्न सकेनन्।

    अहिले नेपाल आयरल्याण्डले दिएको लक्ष्य पछ्याइरहेको छ। नेपालले ४.४ ओमरमा एक विकेट गुमाएर ३५ रन जोडेको छ।

    जारी सिरिजको तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि सन् २०१५ मा भएको हारको बदला लिने तयारीका साथ मैदान उत्रिएको छ। यो सिरिजको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई हराएको छ। नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ।

    तीन खेल खेलेको आयरल्यान्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो। आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]