समाज : सुरक्षा/अपराध

अर्काकी श्रीमतीसँग यौन सम्बन्ध राखेको आरोपमा मालपोत अधिकृत पक्राउ

Representative Photo
असोज २३, २०७६

    कञ्चनपुर : प्रहरीले अर्काकी श्रीमतीसँग यौन सम्बन्ध र अश्लील फोटो मोबाइलमा राखेको अभियोगमा बेलौरी नगरपालिका मालपोत शाखाका अधिकृत भोजबहादुर ऐडीलाई पक्राउ गरेको छ। उनीसँग यौन सम्बन्ध राख्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको छ।

    दुवै जनालाई प्रहरीले बेलौरी बाट पक्राउ गरेको हो।

    आपत्तिजनक फोटो मोवाइलमा राखेको आरोपमा दुवै जनाविरुद्ध बुधबार इलाका प्रहरी कार्यालय बेलौरीमा उजुरी परेपछि दुवैलाई प्रहरीले पक्राउ गरेको हो। उजुरीका आधारमा दुवैलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको इप्रका बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए।

    मोबाइलमा ऐडी र ती महिलाको लुगा नलगाएको आपत्तिजनक भेटेपछि दुवै जना विरुद्ध मुलुकी अपराध संहिता २०७४ को  भाग २ फौजदारी कसुरहरूको परिच्छेद ५ को दफा १२१ अन्तर्गत उजुरी परेको चन्दले बताए।

    दफा १२१ अन्तर्गत कसैले शारिरीक कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील फोटो, पर्चा, चलचित्र रेकर्ड, मुद्रण वा प्रकाशित गर्न नपाउने प्रावधान रहेको छ। यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

    ‘पक्राउ परेका दुवै जनाले अनुसन्धानका क्रममा सम्बन्ध रहेको कुरा स्वीकार गरि सकेको र फोटो समेत आफ्नै हो भनेर स्वीकार गरेका छन’, चन्दले भने।

    अधिकृत ऐडी विवाहित हुन्। हाल उनी बैतडी जिल्लाको स्थानीय तहमा सरुवा भएका छन्। उनको घरमा श्रीमतीसहित एक छोरी रहेकी छन भने महिलाको घरमा दुई छोरा छन।

    दुवै जनाले सम्बन्ध स्वीकार गरिसकेकाले अधिकृत ऐडीकी श्रीमतीले मुलुकी अपराध संहिता २०७४ को  भाग २ फौजदारी कसुरहरूको परिच्छेद ११ को विवाह सम्बन्धी कसुरको दफा १७५ अन्तर्गत उपदफा (१) र (२) बमोजिम विवाहित पुरुष वा महिलाले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने प्रावधान अन्तर्गत मुद्धा गरे दुवै जनामाथि हुनेछ।

    दफा १७५ को (१) र (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ। उप दफा १ बमोजिमको विवाह स्वतः बदर हुनेसमेत कानुनी प्रावधान रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]