समाज

सीकाे भ्रमण पूर्वसन्ध्यामा काठमाडौंका सडक स्तरोन्नति

असोज २३, २०७६

    काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौंका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ। भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भइरहेको हो। 

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंको कुनै पनि सडकमा खाल्डाखुल्डी बाँकी नराख्न दिएको निर्देशनका आधारमा काम भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्री महासेठले बिहीबार राजधानीका विभिन्न स्थानका सडकको अनुगमन गर्दै सडक सुधारका लागि निर्देशन दिए।

    आठ मिटरभन्दा बढी चौडाइका सडक मन्त्रालयअन्तर्गतका निकायले सुधारको काम गरिरहेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए। त्योभन्दा कम चौडाइमा काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले काम गरिरहेका छन्। उनले भने, 'मन्त्रालय र महानगर मिलेर मुख्य सडकमा कतै पनि खाल्डा बाँकी नराख्न लागिएको छ।'

    मन्त्रालयले हेर्ने सडक निर्माण सडक विभाग र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण गरिरहेका छन्। दशैँ तिहारका समयमा वर्षेनी सडक सुधारका काम गरिँदै आएको भए पनि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै थप काम भएको प्रवक्ता ज्ञवालीले बताए।

    माइतीघरदेखि तीनकुनै सडकमा पर्ने बिजुलीबजार र तीनकुने पुल सम्पन्न भइसकेका छैनन्। यी दुई पुलमा भने सरकारले फोटो टाँसेको देख्न सकिन्छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]