समाज

सीको भ्रमण बजारमा गएर सपिङ गर्ने जस्तो विषय होइन : मन्त्री बाँस्कोटा

असोज २३, २०७६

    काठमाडौं : सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपति सी जिनपिङको भ्रमणबाट चीनले नेपाललाई महत्व दिएकोले यो भ्रमणलाई अंकमा नजोख्न आग्रह गरेका छन्।

    ‘यो भ्रमण अंकमा जोखिने, बजारमा गएर सपिङ गर्ने जस्तो विषय होइन। त्यो रूपमा हामीले हेर्न हुँदैन। यो नेपालको निम्ति चीनले पनि दिएको महत्व हो। हामी सँगसँगै छौं। हामी दु:खसुखका हजारौं वर्षदेखिका साथी हौँ र हामी सँगसँगै अघि बढ्ने सन्देश पनि हो। यो विश्व जनमतलाई पनि यो सन्देश हो', मन्त्री बाँस्कोटाले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भने।

    उनले साझा दृष्टिकोणका आधारमा ठोस निष्कर्ष निकाल्ने तयारीमा सरकार रहेको बताए। ‘हामी आशा गर्न सक्छौँ। हाम्रा दृष्टिकोणहरुको साझापन र हाम्रा क्षमताहरूको सन्तुलनको बीचमा हामी यसलाई सफलतातिर लाने कोशिश गर्नेछौँ। र त्यसमा चिनियाँ सद्भाव पनि हामीले प्राप्त गर्नुपर्ने हुन्छ। त्यो सद्भाव नभइकन त सहयोग हुँदैन' उनले भने।

    राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा चिनियाँ राष्टपति सी शनिबार नेपाल आउँदै छन्। दोस्रो ठूलो अर्थतन्त्र भएको देशको राष्ट्रपति नेपाल आउँदा जनताले बढी अपेक्षा गर्नु स्वभाविक रूपमा लिनुपर्ने मन्त्री बाँस्कोटाको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]