राजनीति

संविधान संशोधन गरेर अघि बढ्न सरकारलाई पूर्वराष्ट्रपतिको सुझाव

असोज २४, २०७६

    काठमाडाैं : पूर्व राष्ट्रपति रामवरण यादवले संविधान संशोधन गरेर संविधानमा सबैको अपनत्व कायम गर्ने बाटोमा अघि बढ्न सरकारलाई सुझाव दिए। 

    काठमाडाैंमा सुरु प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलनको शुक्रबार उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले सरकार र नेतृत्वमा रहेका राजनीकि दलहरूले संविधानमा भएको त्रुटि सच्याएर अघि बढ्नुपर्ने धारणा राखे।

    जनताको ठूलो बलिदानबाट प्राप्त संविधानलाई सर्वस्वीकार्य बनाउदै सबैले अपनत्व महसुस गर्ने गरी संविधानमा भएका त्रुटिलाई सच्याउनुपर्नेमा उनले जोड दिए।

    संविधान संशोधन गर्न तत्परता नदेखाउने हो भने प्राप्त उपलब्धिलाई सबैले महसुस गर्न नपाउने र कार्यान्वयनमा पनि जटिलता उत्पन्न हुन सक्ने भन्दै उनले त्यसतर्फ सरकार र राजनीतिक दलले विवेक पुर्‍याउनु पर्ने बताए।

    समाजसेवी भद्र कुमारी घलेले समग्र आदिवासी जनजातिको बारेमा नयाँ खोज अनुसन्धान आवश्यक रहेको भन्दै आफ्ना पुर्खाका बारेमा खोज अनुसन्धान गर्न युवा पुस्तालाई आग्रह गरे।

    सम्मेलन शनिबारसम्म चल्ने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]