समाज : सुरक्षा/अपराध

सीको भ्रमणका विषयमा प्रहरीले भन्यो : आवश्यकता परे मात्र सडकमा आउनू

फाइल फोटो
असोज २४, २०७६

    काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङको नेपालको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणको अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ।

    महाशाखाले यही असोज २५ र २६ गते ठूला मालबाहक सवारीसाधन रिङरोडभित्र प्रवेश नगरिदिनु हुन सबै नागरिकमा आग्रह गरेको छ। मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न पनि महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ।

    सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]