समाज

सीको स्वागतमा कर्मचारीले सडक किनारामा उभिनुपर्ने

असोज २५, २०७६


    काठमाडौं : सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण भब्य बनाउन विशेष तयारी पुरा गरेको छ । राष्ट्रपति सीलाई स्वागत गर्न सरकारले कर्मचारीहरुलाई विमानस्थल बाहिरदेखि सोल्टीमोडस्थित होटेल सोल्टी प्रवेश गर्ने सडकसम्ममा उभिन निर्देशन दिएको छ। 

    सीको स्वागतमा औपचारिक पोशाकमा  सडक किनारामा उभिन सरकारले कर्मचारीहरुलाई निर्देशन दिएको हो ।

    सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ। दुई दिने नेपालको राजकीय भ्रमणमा आउन लागेका सीलाई राष्ट्रपतिले स्वागत गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन विमानस्थलमा स्वागत गरेर होटेल सोल्टी लाने कार्यक्रम छ। 

    प्रधानमन्त्री ओलीले शनिबार बिहान सीको सवारी हुने सडक क्षेत्रको पनि निरीक्षण गरेका छन्। शनिबार सार्वजनिक विदाको दिन सरकारले कर्मचारीहरुलाई विमानस्थलदेखि सोल्टीमोडसम्मको सडक किनारमा उभिन बोलाएको हो। 

    सत्तारुढ नेकपाका नेता कार्यकर्ता सीको पनि स्वागतका लागि सडकमा निस्कनेछन्। राष्ट्रपति सी शनिबार अपरान्ह ४: ३० बजे एयर चाइनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछन्। 

    २३ वर्षपपछि भएको चिनियाँ राष्ट्रपतिको सुरक्षामा नेपाली सेना र चिनियाँ सेनासहित १५ हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]