छापा

नाइटभिजन हेलिकोप्टरले रातभर गस्ती

असोज २६, २०७६

    काठमाडौं :  नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनपिङको सुरक्षामा नेपाली सेनाले रातभर गस्ती गरेको छ।

    शनिबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन उपकरण जडित एमआई–२६ हेलिकप्टरले रातभर गस्ती गरेको छ।

    राष्ट्रपति सी विमानस्थल ओर्लिनुअघि र पछि इकुरेल हेलिकप्टरबाट हवाई गस्ती गरिएको थियो भन्ने खबर कान्तिपुर दैनिकमा छ। हवाई गस्तीका लागि अगुस्टा वेस्टल्यान्ड हेलिकप्टरलाइ पनि तयार राखिएको छ।

    सीको भ्रमण अवधिभर नेपाली सेना, प्रहरी, सशस्त्र र चिनियाँ जनमुक्ति सेना गरी ४ तह तथा हवाई गस्तीबाट सुरक्षा व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]