विश्व

जापानमा शक्तिशाली आँधी, पाँच जनाको मृत्यु, ७० लाख मानिस प्रभावित

असोज २६, २०७६

    जापानमा शक्तिशाली समुद्री आँधी ह्यागबिसका कारण पाँच जनाको मृत्यु भएको छ। शनिबार आएको  आँधी ६० वर्ष यताकै शक्तिशाली र बिनासकारी बन्न सक्ने बताइएको छ।

    हाल उक्त आँधी २२५ किलोमिटर प्रति घण्टाको गतिमा जापानको पूर्वी तटीय क्षेत्र तर्फ लागेको छ। आँधीको मार्गमा जापानको मुख्य आवादी क्षेत्र पर्छ।

    आँधीका कारण दुई लाख ७० हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आँधीका कारण ७० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ। 

    तर अहिलेसम्म सेल्टरहरुमा बस्नेको संख्या ५० हजार मात्रै रहेको जनाइएको छ।आँधीका कारण हवाई तथा स्थल यातायात सेवा बन्द भएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]