समाज

विद्यासुन्‍दर भन्छन् : फोहोर व्यवस्थापनमा अवरोध गर्नेलाई कारबाही गर्न डराउँदिनँ

पुस ३, २०७६

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सु्नदर शाक्‍यले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध तथा वाधा व्‍यवधान गर्ने जो कोहीलाई पनि कारबाी गरिने बताएका छन्।

    बिहीबार वातावरण व्यवस्थापन विभागले गरिरहेका कामका बारेमा जानकारी लिने क्रममा मेयर शाक्यले  जनशक्ति अभाव हो, तर नपुग्दो होइन भन्दै अब व्यवस्थापन रोक्ने पत्ता लगाएर अगाडि बढ्ने बताएका हुन्। उनले काम गर्दा व्यक्तिगत अभिलाषा र आफूलाई केन्द्रमा राखेकाले पनि समस्या भएको बताए।

    मेयर शाक्‍यले फोहोर व्यवस्थापनमा बाधा पुर्‍याउने व्यक्ति, संस्था, समुदाय तथा संरचना पत्ता लगाउन पनि वातावरण व्यवस्थापन विभागलाई निर्देशन दिए। उनले भने, ‘संस्थागत निर्णय कार्यान्वयनमा समस्या सृजना गर्ने व्यक्ति वा समूहको को हो? मलाई जानकारी दिनोस्, धेरै मानिसको हितका लागि कतिपय बेला अप्रिय निर्णय पनि गर्नुपर्ने हुन्छ। कुनै एउटा अप्रिय निर्णयले व्यवस्थालाई थप नोक्सान हुनबाट बचाउँछ भने यसका लागि नेतृत्वले डराउन हुँदैन, म डराउँदिनँ।’

    मेयर शाक्यले फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता गराउनेसम्बन्धी फाइल लगानी बोर्डबाट फिर्ता आएको बताए। ‘अब महानगरले प्रचलित र प्रयोगसिद्ध प्रविधिको प्रयोग गर्ने विषयमा अध्ययन गर्छ’, उनले भने।

    त्यस क्रममा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले ओखरपौवामा क्षमता सकिएको र बञ्चरे डाँडामा पूर्वाधार तयार नभइसकेको ल्याण्डफिल्ड साइट महानगरका लागि चुनौती रहेको उल्लेख गरे। उनले फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी तथा उपकरण मर्मत गर्दा आवश्यक पर्ने स्पेयर पार्टस बजारबाट सजिलै खरिद गर्न नसकिने कानुनी प्रबन्धले भनेको समयमा सवारी मर्मत गर्न नपाइएको बताए।

    यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यले अत्यावश्यक सेवा व्यवस्थापन गर्न कानुनी प्रबन्ध र ती प्रबन्ध सञ्चालन गर्ने प्रशासनिक व्यवस्था हुनुपर्ने खाँचो देखाए। आवश्यकताका आधारमा सरसफाइमा खटिने जनशक्ति परिचालनमा समस्या छ । वडागत आँकडा प्रस्तुत गर्दै वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोख्रेलले ठूला सवारी चलाउने चालकको खाँचो देखाए।

    आफूले गरेको र गर्नुपर्ने कामका बारेमा जानकारी गराउने क्रममा फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख निर्मलराज बरालले २८ वटा सूची प्रस्तुत गरेका थिए। यस सूचीमा ट्रान्सफर स्टेशन सञ्चालन, व्यवस्थापन र सौन्दर्यीकरणदेखि ल्याण्डफिल्ड साइटको व्यवस्थापन र यसका लागि सहरी संरचनागत त्रुटिका कुरा समावेश छन्।

    त्यस क्रममा समुदाय परिचालन शाखा प्रमुख सानुमैया महर्जनले स्रोतमा फोहोर छुट्याउने विधिलाई भित्री वडाका चोकचोकबाट सफल बनाएर विस्तार गरिने योजना सुनाए।

    त्यस्तै खटनपटन शाखा प्रमुख पूर्णचन्द्र भट्टले व्यवस्थापनका चक्रमा एक ठाउँमा समस्या आउनेबित्तिकै ट्रान्सफर स्टेशनमा दबाब सृजना हुने बताए। कर्मचारीले यसरी सुनाएका समस्या मेयर शाक्यले ३ घण्टा सुनेर टिपोट गरेका थिए भने छुटेका कुरा सम्झेर भन्न प्रोत्साहित गरेका थिए।

    आफ्ना समस्या, गुनासा र अब गर्नुपर्ने काममा सूची प्रस्तुत गर्ने क्रममा अधिकारीहरूले फोहोर उत्पादक व्यवस्थापनमा जिम्मेवार नभएको, अस्पतालजन्य तथा अन्य हानिकारक फोहोर व्यवस्थापनमा उत्पादकलाई जिम्मेवार बनाउनु पर्ने, फोहोर सडकमा थुपार्ने उत्पादक तथा निजी क्षेत्रमाथि निगरानी गर्नुपर्नेलगायत विषय उठाएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]