विश्व

इतिहासकार रामचन्द्र गुहा पक्राउ, बलिउड कलाकारले भने : लेखकसँग डरायो मोदी सरकार

पुस ३, २०७६

    नयाँ दिल्‍ली: नागरिकता संशोधन कानुनविरुद्ध भारतमा बिहीबार पनि प्रदर्शन जारी छ। राजधानी दिल्लीको लाल किल्ला आसपासमा सरकारले धारा १४४ लागू गरिदिएको छ। 

    प्रदर्शनमा उत्रिएका मानिसहरुलाई प्रहरीले हिरासतमा लिएको छ। अर्कातिर बैंगलोरमा चर्चित इतिहासकर तथा लेखक रामचन्द्र गुहा लाई पनि प्रहरीले पक्राउ गरेको छ। 

    जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। लेखक रामचन्द्र गुहाको गिरफ्तारीलाई लिएर बलिउड कलाकार ऋचा चड्ढाले ट्वीट गर्दै मोदी सरकारविरुद्ध निशाना साँधेकी छन्। उनको यो ट्विट पनि अहिले भाइरल भइरहेको छ।

    पूजा बेदीले पनि देशको अहिलेको अवस्था देखेर भनेकी छन्, 'अब बिर्सनु राम्रा दिन, भारतको यस्तो चित्र............' अन्य कलाकारहरुले पनि गुहाको गिरफ्तारीलाई लिएर आक्रोश पोखेका छन्। उनीहरुले भनेका छन्, 'कलाकारसँग डरायो सरकार?' ऋचा चड्ढाको यो ट्वीट सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ।

    आफ्नो यस ट्वीटका अलावा कलाकारहरुले देशको अहिलेको हालतलाई लिएर अन्य ट्विट पनि गरेका छन्। कलाकार पूजा बेदीले दिल्ली/एनसीआर धारा १४४ लगाएकोमा सरकारको कडा आलोचना गरेकी छन्। 

    समाचार अनुसार नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शनकारीले आज शहरमा मार्च निकाल्ने निर्णय लिएका थिए। बेङ्गलुरु पुलिसले प्रदर्शनको अनुमति दिएको थिएन।

    जसका बावजुद बिहानैदेखि मुख्य सडकमा भारी संख्यामा पुलिस बल तैनाथ गरिएको थियो। रामचन्द्र गुहा पनि प्रदर्शनकारीसँगै मार्चमा सहभागी थिए। त्यसपछि पुलिसले गुहासहित ३० जनालाई हिरासतमा लिएको हो। यस क्रममा प्रदर्शनकारी र पुलिसबीच झडप भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]