अर्थ

ओखलढुंगामा बन्यो हवाई मैदान, परीक्षण उडानका लागि स्थलगत अनुगमन

पुस ३, २०७६

    ओखलढुंगाः ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको खिजिचण्डेश्वरी हवाई मैदान निर्माण भएको छ। निर्माणाधीन अवस्थामा रहेको हवाई मैदान १३ वर्षमा निर्माण कार्य सुरु भएको हो। हवाई मैदानको निर्माण कार्य सम्पन्न भएसँगै हवाई मैदानमा परीक्षण उडानका लागि अनुगमन समेत भएको छ।

    संघीय प्रतिनिधिसभाका सदस्य यज्ञराज सुनुवारको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरणको समूहले अनुगमन गरेको हो। स्थलगत अनुगमनमा लागि सांसद सुनुवारसँगै नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर तथा आयोजना प्रमुख विनायक भट्टराई, तारा एयरका व्यवस्थापक शान्त प्रजापति, क्याप्टेन सन्तोष शाह, खिजिदेम्बा गाउँपालिका प्रमुख वेदवहादुर रोका हवाई मैदानमा पुगेर स्थलगत अनुगमन गरेका थिए।

    लामो समयको अथक प्रयासपछि निर्माण कार्य सम्पन्न भएको र चाँडै खिजिचण्डेश्वरीमा हवाई उडान हुने विश्वास रहेको गाउँपालिकाका अध्यक्ष बेदवहादुर रोकाले वताए। काठमाडौंबाट हेलिकोप्टरमा आएको टोलीको अनुगमनपछि मौसम प्रतिकूल भएमा नागरिक उड्डयन प्राधिकरणको तर्फबाट परीक्षण उडान गर्न केही समस्या नरहेको बताइएको छ।

    केही दिन अगाडि परेको पानीले मैदान केही हिलो समेत भएकोले मौसम सफा भएमा र हिलो सुकेमा पुस पहिलो हप्तामै परीक्षण उडान गर्ने तारा एयरलाइन्सले जनाएको छ। पानीले भिजेको मैदान सुकेपश्चात हवाई मैदानमा परीक्षण उडान गर्नेे गाउँपालिका अध्यक्ष रोकाले बताए। हवाई मैदान निर्माण कार्य सुरु भएको १३ वर्षपछि सम्पन्न भएपछि स्थानीय भने खुशी भएका छन्।

    तत्कालीन ओखलढुंगा जिल्लाका जिल्ला सभापति महेशकुमार कोर्मोचाको कार्यकालमा खिजिचण्डेश्वरीमा हवाई मैदान निर्माणका बारेमा छलफल सुरुवात भएको थियो। हवाई मैदान निर्माणका लागि बीचबीचमा छलफल चल्दै आउने क्रममा २०६३ सालबाट भने हवाई मैदान निर्माणका लागि बजेटको विनियोजन भएको थियो। आर्थिक वर्ष २०७३/०७४ बाट भने नेपाल सरकारबाट बजेटमा छुट्याएरै हवाई मैदान निर्माण कार्यलाई तीब्रता दिइएको थियो। 

    निर्माण सम्पन्न भएको खिजिचण्डेश्वरीको यस हवाई मैदानमा नियमित हवाई उडान भएमा यस क्षेत्रका ओखलढुंगाको पश्चिमी उत्तरी भेगमा रहेको खिजीदेम्वा गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। 

    नियमित उडान भएमा दिनमा १५ देखि १८ घण्टा लगाएर गाडीमा जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता समेत अन्त्य हुनेछ भने काठमाडौं पुर्‍याएर आपतकालीन उपचार गर्नुपर्ने बिरामीको पनि अकालमा नै ज्यान जानबाट बच्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]