राजनीति

राज्यस्तरबाट कलाकारको सम्मानमा कमी : उपराष्ट्रपति पुन

फाइल फोटो
पुस ३, २०७६

    ‍काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकार राष्ट्रका धरोहर भए पनि राज्यबाट प्रयाप्त लगानी हुन नसकेको बताएका छन्।

    नातिकाजी स्मृति समाजले उपराष्ट्रपति कार्यालयमा गरेको स्रष्टा सम्मान कार्यक्रममा उनले कलाकारको सम्मानमा राज्यस्तरबाट कमी भएको बताएका हुन्। उपराष्ट्रपति पुनले नयाँ प्रतिभा जन्माउन र प्रतिभा प्रस्फुटनका लागि विशेष पहन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

    संगीतका अनेक परिभाषा भए पनि यो मानवजाती र प्राणिजातीका लागि समेत अभिन्न अंग बनेको उनले बताए। हरेक मान्छेको दुःख-सुख, पीडा र हर्षमा समेत संगीत गुञ्जिरहने भन्दै उपराष्ट्रपति पुनले संगीतबीनाको जीवन कल्पना गर्न नसकिने बताए।

    समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट डा. समर बहादुर मल्ललाई सम्मानित गरिएको छ। मल्ललाई २० हजार १ रुपैयाँ नगदसहित सम्मानित गरिएको हो। त्यसैगरी नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट ८ जना सम्मानित भएका छन्। सम्मानित हुनेमा जगतमर्दन थापा, कर्म योञ्जन, मोहनकृष्ण ढली र सिके रसाईलि रहेका छन्।

    त्यसैगरि, भारती उपाध्याय, तीर्थ कुमारी थापा, शम्भु र्राइ र मिलन मोक्तान नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट सम्मानित हुनुभएको छ। त्यस्तै नातिकाजी राष्ट्रिय संगीत पुरस्कार ४ जनालाई प्रदान गरीएको छ। ११ हजार १११ राशिको यो पुरस्कार प्रमोद ढुंगाना, यम बराल, रेखा शाह र सुरेश अधिकारीलाई प्रदान गरिएको हो।

    नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कारबट मनराजा नकर्मी, भुपेन्द्र खड्का, टिका प्रसाई र प्रल्हाद तिमिल्सिनालाई प्रदान गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]