राजनीति

राजपासँगको सम्झौता कुन उद्देश्यलाई भन्‍दै कड्किए भीम रावल

फाइल फोटो
पुस ३, २०७६

    काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीमा बुधबार राष्ट्रिय जनता पार्टी (राजपा) सँग भएको सम्झौताको विषयले प्रवेश पाएको छ। नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले राजपा पार्टीसँगको सम्झौता कुन उद्देश्यका साथ भएको जानकारी गराउन पार्टी नेतृत्वसँग जवाफ मागेको बताए।

    ‘पार्टीको बैठक भइरहेको बेला बालुवाटारमा गएर पार्टीको नेतृत्वले कसरी स्म्झौता गर्नुभयो भन्ने कुरा गम्भीर रुपमा उठाइएको छ,’ बैठकपछि जानकारी गराउँदै रावलले भने, ‘सम्झौताबारे स्थायी कमिटीमा जानकारी गराइनुपर्छ। हाम्रा लक्ष्य के हुन्। हामी समाजवादतर्फ जाने भनिरहेका छौँ। राष्ट्रिय स्वाधीनताका कुरा गरिरहेका छौँ।  हिजो गरेका सम्झौताले हाम्रा कुन लक्ष्य, कुन उद्द‍ेश्यपूर्ति गर्छ भन्ने, प्रश्न उठेको छ।’ 

    रावलले नेकपा पार्टी ठूलो भएको भन्दै विभिन्न विषयहरू अबलम्बन नगरे पार्टी चलायन नसक्ने पनि बताए । ‘यत्रो ठुलो पार्टी चलाउन विविध मुलभूत विषयहरू अबलम्बन गरेनौँ भने चलाउन सक्दैनौँ,’ उनले भने।  

    त्यस्तै, बिहीबारको बैठकको बारेमा जानकारी गराउँदै नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी रहेको बताए।

    ‘आज पनि स्थायी कमिटीको बैठकमा सदस्यहरूले राजनीतिक प्रतिवेदन र विधान संसोधन प्रस्तावमा १० जना नेताहरुले धारणा राख्नुभयो,’ नारायणकाजी श्रेष्ठले भने, ‘महासचिवले आफ्नो विचार राख्न बाँकी छ।

    बैठकमा उठेका प्रश्नहरूको जवाफ दिन, सुझावहरू सुधारेर ल्याउन अध्यक्षहरूलाई भोलिको दिन समय दिइएको छ।’ नेकपा स्थायी कमिटीको बैठक अब शनिबार मात्रै चल्नेछ। प्रवत्ता श्रेष्ठले राजपासँगको सम्झौता राष्ट्रियसभाका सदस्यहरूका लागि मात्रै भएको पनि प्रष्ट्याए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]