राजनीति

कांग्रेसले माग्यो नेपाली भूमिबारे संसदमा प्रधानमन्त्रीको जवाफ

एमसिसीमा सहमत

फाइल फोटो
पुस ३, २०७६

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नक्सामा समेटेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको पहलबारे संसदमा प्रधानमन्त्रीको जवाफ मागेको छ।

    कात्तिक २३ गते पूर्वप्रधानमन्त्रीसँग भएको छलफलमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक पहल गर्ने बताए पनि अहिलेसम्म कुनै पहल नभएको भन्दै बिहीबार सिहंदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस विषयमा प्रधानमन्त्रीले सदनमा जानकारी दिनुपर्ने माग गरेको हो।

    बैठकले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ लगायतका विवादित विधेयक फिर्ता लिन समेत सरकारसँग माग गरेको छ।

    तर, नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशनबीच भएको अनुदान सहायता सम्झौता (एमसिसी)लाई भने सदनबाट पारित गर्दै कार्यान्वयनमा लैजान सरकारलाई सहमति दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]