समाज

दलित बस्तीका ८० घरघुरीमा खरको छानो विस्थापित हुँदै

पुस ४, २०७६

    जाजरकोट  : जाजरकोट  बारेकोट गाउँपालिका–६ स्थित तीन गाउँमा रहेका दलित समुदायका घरहरु खरको छाना विस्थापित गरिने भएको छ।

     ताँसी, धुमा र घर्तीगाउँका करिब ८० घरधुरी दलित समुदायका घरहरुमा खरको छाना विस्थापित गर्न लागिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए। खरको छाना विस्थापित गर्ने खवर सुनेपछि  ताँसीगाउँका गोरखबहादुर नेपालीले भने, ‘अहिलेसम्म खरको छानामुनि बस्दै आएका थियौं । अब खर विस्थापित गरेर जस्ता पाताले घर छाउन गाउँपालिका मार्फत सङ्घीय सरकारले ६९ लाख रुपैयाँ सहयोग गर्ने खबरले खुसी छु।’

    खरको छाना भएको घर गर्मीमा शीतल र जाडोमा न्यानो हुने भए पनि सर्प र आगलागीको खतरा बढी हुने भन्दै उनले सजिलै खर पनि नपाउँदा समस्या झैल्दै आएको बताए।

     टिनको छाना पाउने भएपछि स्थानीयवासीहरु निकै खुसी भएका छन्। सङ्घीय सरकारले खरको छानामुक्त घर बनाउने अभियान थालेपछि स्थानीयले राहत महसुस गरेका हुन। आफुसँग बजेट नभएपछि सङ्घीय सरकारलाई बारेकोट गाउँपालिकाले खरको छाना विस्थापित गर्न आग्रह गरेको थियो। सोही आधारमा सहयोग प्राप्त भएको हो  गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले भने, “खरको छानो भएका सबै घर जस्तापाताले छाउने हो। यसका लागि यसवर्ष सङ्घीय सरकारबाट सहयोग प्राप्त भएको छ।’ शाहका अनुसार अब वोलपत्र आवह्वान गरेर छिटै छाना विस्थापित अभियान शुरु हुनेछ।

    सुरक्षीत नागरिक आवास कार्यक्रममार्फत संघीय सरकारले पनि गाउँपालिकाका ८० घर छनोट गरेर रकम उपलव्ध गराएको हो। खरको छानोमुक्त गर्नका लागि आवश्यकता आधारमा रकम छुट्याईने छ। यस कार्यक्रमले दलित, असहाय, विपन्न समुदायलाई प्राथमिकता दिएको छ ।  बारेकोट गाउँपालिकाले प्रस्ताव पेश गरेर दलित बस्तीमा खरको छाना बिस्थापित गर्ने कार्यक्रम मात्र नभएर संघ तथा प्रदेशको समपुरक र विशेष अनुदानबाट आधा दर्जन कार्यक्रम भित्रायाउन सफल भएको गाउँकार्यपालिका निमित्त प्रशासकिय अधिकृत गोविन्दबहादुर सिंहले बताए। 

    सरकारी अनुदानबाट जस्ताले घर छाउने रहर पूरा हुने भएकोमा स्थानीय दंग भएको डिल्लीबहादुर विकले बताए। यहाँ दलित समुदायलाई मात्र उपलव्ध गराउने भनिएको रहेछ, सवैलाई भएको भए राम्रो हुने अर्का स्थानीयवासी नरबहादुर चलाउनेले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]