समाज

शीतलहरले सिमरा विमानस्थलमा सबै उडान अवरुद्ध

पुस ४, २०७६

    सिमरा : चिसो र शीतलहर बढेपछि बाराको सिमरा विमानस्थलबाट हुने हवाई उडान तीन दिनदेखि प्रभावित भएको छ। सिमरा विमानस्थलबाट काठमाडौंका लागि दैनिक सातवटा उडान हुँदै आएकोमा मंगलबारदेखि चिसो र शीतलहर बढेसँगै  सबै उडान प्रभावित भएका हुन्।

    उडानका लागि आवश्यक भिजिबिलिटी (आखाँले हेरेर देख्नसक्ने दूरी)  अत्यन्त न्यून भएपछि उडान रद्द गरिएको सिमरा विमानस्थलका  प्रमुख वसन्त गौतमले बताए। ‘हामीलाई हवाई उडानका लागि कम्तीमा २४ सय मिटर भिजिबिलिटी चाहिन्छ। तर, पुष १ गतेदेखि १ हजारदेखि १५  मिटरभन्दा  भिजिबिलिटी बढेको छैन्’ गौतमले भने।

    सिमरा विमानस्थलवाट पुष १ गतेदेखि उडान अवरुद्ध भए पनि २ गते केही उडान भएको थियो। ‘हिजोदेखि पूरै ठप्प छ, यस्तो अवस्था अझै कति दिन रहला भन्न सकिँदैन्’ उनले भने।

    काठमाडौबाट सबैभन्दा छोटो दूरीमा रहेको सिमरा विमानस्थलबाट दैनिक ५ सयजनाले सेवा लिँदै आएका छन्। सिमरा  विमानस्थल बारा, पर्सा, रौतहट, मकवानपुर, भारतको बिहार, पथलैया–वीरगञ्ज औधोगिक करिडोरका व्यापारी र  प्रदेश २ मा हुने अधिकांश राजनीतिक दलका प्रमुखको आउजाउ हुने मुख्य  केन्द्रबिन्दु हो।

    ‘सिमरा बिमानस्थल काठमाडौं आउनजानका लागि तराईको सबैभन्दा सहज गेटवेये हो, यहाँबाट दैनिक ५ सयजना आउजाउ गर्छन्’ विमानस्थल प्रमुख गौतमले भने ‘हाम्रो जम्मा १५ मिनेटको फ्लाईट हो, यहाँ अवरुद्ध हुनेबित्तिकै  सेवाग्राहीलाई ५/६ घण्टाको यात्रा गर्नुपर्छ।’

    सिमरादेखि काठमाडौं हवाई उडानका लागि हालसम्म बुद्ध एयरले मात्रै सेवा प्रदान  गर्दै आएको छ भने श्री एयरलाइन्सले परीक्षण उडान गरिसकेको छ।  ‘उहाँहरू (श्री एयरलाइन्स)ले  हामीसँग सम्झौता गरिसक्नुभएको छ। सायद जनवरीबाट उडान शुरु गर्नुहुन्छ  होला’ उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]