राजनीति

'सरकार यातायात व्यवसायीको नियन्त्रणमा पर्दा सडक दुर्घटना बढे'

फाइल फोटो
पुस ४, २०७६

    काठमाडौं : सांसदले सरकार यातायात व्यवसायीको नियन्त्रणमा भएकाले सवारी दुर्घटना बढेको बताएका छन्।

    संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सांसद महिन्द्र राय यादवले सरकारको नियन्त्रणमा यातायात व्यवसायी हुनुपर्नेमा सरकार नै व्यवसायीको नियन्त्रणमा हुँदा सवारीसाधनको दुर्घटना बढ्दै गएको बताए। उनले व्यवसायीको प्रभावमा परेर सरकारले सवारी साधन दुर्घटना न्यूनीकरणका लागि काम नगरेको बताए।

    त्यस्तै, सांसद गणेशकुमार पहाडीले लामो दुरीमा एउटै चालकले सवारीसाधन चलाउँदा दुर्घटना बढेको बताए। उनले समितिले २०७२ सालमा नै लामो दूरीमा सवारी साधन चालउन नदिन निर्देशन दिए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताए।

    सांसद रगंमती शाहीले सवारी साधन दुर्घटना न्यूनिकरणका लागि ऐन कानून र बजेट प्रयाप्त भए पनि काम हुन नसक्नुको कारण मन्त्रालयले दिनुपर्ने बताइन्। उनले मन्त्रालय र त्यसका निकायमा दक्ष कर्मचारी हुँदा पनि दुर्घटना न्यूनीकरणको नतिजा किन शून्य भएको भन्दै प्रश्न गरिन्।

    सांसद दुर्गा पौडेलको मानवीय कारणले दुर्घटना बढी छ भनेर बस्नु भन्दा न्यूनिकरण गर्नतर्फ ध्यान दिनुपर्ने धारणा थियो। समितिका सभापति तथा सांसद कल्याणी कुमारी खडकाले समितिले दिएका निर्देशशन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यान्वयनमा चासो नदिएको बताइन्। उनले सवारीसाधन दुर्घटना दिनदिनै बढ्दै जाँदा मन्त्रालयले त्यसको न्यूनीकरणका लागि काम नगरेको बताए।

    सांसदले मन्त्रालयले मानवीय र यान्त्रिक कारणले दुर्घटना बढेको भन्दै तथ्यांक जम्मा गरेर बस्ने काम मात्रै गरेको बताएका छन्। सभापति खडकाले सडकको क्षेत्रमा काम गर्ने सबै निकाय तथा सबै तहका सरकारसँग समन्वय गरी सडक दुर्घटना न्यूनीकरणका लागि काम गर्न मन्त्रालयलाई निर्देशनसमेत दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]