अर्थ

फौजी किराको प्रकोपले धान उत्पादनमा नौ प्रतिशत कमी

पुस ६, २०७६

    सिन्धुली : कमलामाई नगरपालिका–८ का वडाध्यक्ष किा मोक्तानले१२ कठ्ठा खेतबाट बर्सेनि ३० मुरीभन्दा धेरै धान उत्पादन गर्थे। तर, अमेरिकन फौजी किराले क्षति पुर्‍याएकाले उनको खेतमा यस वर्ष अघिल्लो वर्षभन्दा आधा मात्रै धान उत्पादन भयो। 

    ‘पहिला ३० मुरीभन्दा बढी धान घरमा भित्रिन्थ्यो,’ मोक्तानले भने, ‘यो वर्ष १५ मुरी मात्रै भित्र्याएँ। धान पाक्ने बेलामा अमेरिकन फौजी किराले बाला काटेर क्षति पुर्‍याएकाले यस वर्ष धान उत्पादन घटेको हो।’

    फौजी किराले कमलामाई नगरपालिका र मरिण गाउँपलिकाको एक दर्जनभन्दा वडामा लगाइएको धानबालीमा क्षति गरेको छ। जसका कारण सिन्धुलीमा करिब नौ प्रतिशत धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र सिन्धुलीका बागवानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले जानकारी दिए। उनले भने, ‘फौजी किराको प्रकोपले सिन्धुलीमा गत वर्षको तुलनामा यस वर्ष ८ दशमलब ३८ प्रतिशतले धान उत्पादन घटेको हो।’
     
    सिन्धुलीमा गत वर्षको तुलनामा यस वर्ष ४ हजार २७७ मेट्रिकटन धान उत्पादन घटेको छ। यो वर्ष धान खेती गरिएको १५ हजार ३०० हेक्टर क्षेत्रफलमा ४७ हजार ३५१ मेट्रिकटन धान उत्पादन भएको छ। गत वर्ष सोही क्षेत्रफलमा ५१ हजार ६८२ मेट्रिक्टन उत्पादन भएको केन्द्रको तथ्यांक छ।
     
    फौजी किराले करिब ३५ सय हेक्टरमा गरिएको धान खेतीमा क्षति पु्र्‍याएको छ। ‘विगत पाँच वर्षमा सिन्धुलीमा धान उत्पादन घटेको थिएन,’ अधिकृत अधिकारीले भने, ‘फौजी किराको प्रकोपका कारण यस वर्ष धान उत्पादन घटेको छ।’

    सिन्धुलीमा साबित्री, पोख्रेली, रामधान, मन्सुली, खुमलचार लगायतका प्रजातिका धान खेती हुँदै आएको छ। फौजी किराले सिन्धुलीमा मकै बालीमा पनि क्षति पुर्‍याएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]