फिचर : फोटो फिचर

पाटन क्षेत्रमा साँझको रमणीय दृश्‍य (फोटो फिचर)

पुस ६, २०७६

    काठमाडौं : पाटन दरबार क्षेत्रमा साँझको समयमा रमणीय वातावरण हुन्छ। यही रमणीय वातावरण र  दृश्‍य हेर्नका लागि काठमाडौं र भक्तपुरबाट समेत  यहाँ विभिन्‍न मानिसहरू आउने गर्छन्।  यहाँ साँझको समयमा बालिने दीप र बत्तीले  दृश्‍यलाई अझ रमणीय बनाउँछ।

    पाटन दरबार क्षेत्रमा भएका संरचना १६ देखि १८ औँ शताब्दीसम्म निर्माण गरिएका हुन्। प्रायः राजा सिद्धिनरसिंह, श्रीनिवास र योगनरेन्द्र मल्लले निर्माण गर्न लगाएका थिए। मूलचोक, सुन्दरीचोक, मणिकेशवनारायण चोक, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वरलगायत दरबार क्षेत्रका मुख्य आकर्षण क्षेत्र हुन्।
    ०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त यस क्षेत्रको पुनर्निर्माण कार्य भइरहेको छ। पर्यटन वर्ष २०२० को लागि पाटन दरबार क्षेत्र र कृष्णमन्दिरमा विशेष तयारी छ।

    फोटोहरू शिला तिम्सिना

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]