समाज

पशुपतिको आध्यात्मिक पार्क सञ्चालनको तयारी

पुस ६, २०७६

    काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपतिमा रहेको कृपालु आध्य उड्यान पार्क सञ्चालनमा ल्याउने तयारी गरेको छ। उक्त पार्कको सबै पार्क निर्माण कार्य सकिएपछि कोषले सञ्चालनमा ल्याउने तयारी थालेको हो। 

    उक्त पार्कको सबै काम सकिए पनि पार्कभित्र छिर्ने मूलगेटको निर्माण नभएकाले सञ्चालनमा गर्नमा  ढिलाइ भएको थियो। कोषसँगको सहकार्यमा राधा माधव समितिले उक्त पार्कको निर्माण गरेको हो।

     पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले पार्क सञ्चालनमा ल्याउने तयारी थालेको बताए। ‘पार्कनिर्माणको काम  सकिएको छ,’उनले भने,‘राधा माधव सतितिसँग छलफल गरी पार्क सञ्चालनमा ल्याउँछौँ। छलफल गर्नेमा हामी जुटेका छौँ।’

    उनका अनुसार विश्व सम्पदा सूचीको क्षेत्र भएकाले पुरातात्विक विभागको मापडण्डअनुसार पार्कको निर्माण गरिएको छ। पार्क प्रवेश शुल्क लिने वा नलिने बारेमा पनि छलफल गरेपछि निर्णय गरिनेछ। 

    पशुपतिनाथ क्षेत्रको गौशालातिरको भागमा रहेको उक्त हरियाली पार्कले जोसुकै सर्वसाधारणको ध्यान खिच्ने गर्छ। पार्क सञ्चालनमा ढिलाइ भएको भन्दै सर्वसाधारणले समेत अहिले गुनासो गर्ने गरेका छन्। उक्त पार्क नजिकै भेटिएका बौद्धका सुजता श्रेष्ठले मनै लोभ्याउने हरियाली पार्कमा घुम्न आतुर रहे पनि अहिले कोषले सञ्चालनमा ल्याउन नसकेको सुनाइन्। ‘पार्क धेरै राम्रो छ,’श्रेष्ठले भनिन्,‘कहिलेदेखि यति राम्रो पार्कमा घुम्न पाइने हो?’

    राधा माधव समितिका साधक टीकाबहादुर बुढाथोकीले करिब सय रोपनी क्षेत्रफलमा निर्मित पार्कभित्र गोडमेलको लागि १६ जना कर्मचारी राखेको बताए। करिब ५ करोडको लगानीमा बनेको पार्कमा पोखरी,इनार,बुद्धचित्ता रुख,पुल,पलासको फूल,कमलको फूल,गमला,विभिन्न बोट विरुवा,विश्राम स्थल,शौचालय लगायतको सुविधा छ।
    बेदसँग जोडिएको पार्क
    राधा माधव समितिका साधक बुढाथोकीका अनुसार बेद तथा झण्डै आधा दर्जन हिन्दु धर्मसँग जोडिएका कथावस्तुमा आधारित रहेर उक्त पार्कको निर्माण गरिएको छ।  साधक बुढाथोकीले भने,‘यो बेदमा आधारित,वैज्ञानिक ढंगबाट बनेको पार्क हो। पार्कमा घुम्ने पर्यटक धर्मसम्बन्धी धेरै ज्ञान पाउनेछन्। व्यवस्थित ढंगले पार्क बनाएका छौँ।’ 

    १ करोडको भक्तिस्तम्भ
    पार्कभित्र एक करोड लागतमा भक्तिस्तम्भ  निर्माण गरिएको छ। राधा माधव समितिका साधक बुढाथोकीले वेद र विभिन्न धार्मिक कथामा आधारित सबै धर्मलाई समेट्ने गरी एक करोडको भक्तिस्तम्भ बनाएको बताए। उनका अनुसार उक्त स्तम्भ शिवलिंगको नामबाट चिनिए पनि सबै धर्मलाई स्तम्भले समेट्न खोजेको छ।

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]