खेलकुद

धनगढीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो बुटवल

पुस ६, २०७६

    काठमाडाैं : पोखरा प्रिमियर लिग क्रिकेटमा बुटवल ब्लास्टर्सले तेस्रो जित निकालेको छ। पोखरा रंगशालामा आइतबार एक्पर्ट धनगढीलाई ७ विकेटले पराजित गर्दै बुटवल ब्लस्टर्स तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।

    बुटवलले १ सय ४१ रनको लक्ष्य २० बल बाँकी छँदा ७ विकेट खर्चेर पूरा गर्‍यो। बटुवलका लागि विदेशी खेलाडी अफ्ताबुद्धिन अहमदले ५२ रन बनाउँदा हर्ष टँकले ४० रन जोडे।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले १ बल बाँकी छँदा १ सय ४० रनमा अलआउट भयो। कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धसतकिय पारी खेल्दै ६१ रन बनाएका छन्।

    सन्दीप जोर्राले ३९ रन र सौरभ खनालले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन नै सकेनन्। बुटवलका अविनास बोहोरा एक्लैले ४ विकेट लिंदा ललित भण्डारीले ३ विकेट खसाले। अहिलेसम्म ४ खेल खेलेको बुटवलले ३ खेल जितेर ६ अंक बनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]