अर्थ

केमिकल मिसाएर शुद्ध घ्यू भनी बिक्री-वितरण गर्ने उद्योगमा छापा

पुस ६, २०७६

    पर्सा : केमिकल मिसाएर शुद्ध घ्यू भनेर उपभोक्ता ठगी गर्दै बिक्री वितरण गर्ने पर्साको एक घ्यू उद्योगमा पर्सा प्रहरीले छापा मारेको छ। पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ ब्रम्हचोक नजिकै रहेको एउटा घ्यू उद्योगमा प्रहरीले छापा मारी सञ्चालकसहित ३ जनालाई पक्राउ गरेको हो।

    शुद्ध घ्यू भनी केमिकल मिसाएर उत्पादन र बिक्री गर्ने श्री सिद्धिविनायक पूजा सामग्री प्रोडक्स उद्योगमा छापामारी सञ्चालक अनिल श्रेष्ठ र कामदारहरू रामविलास र रमेश श्रेष्ठलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। छापामारीमा सानो ट्याक्टरमा दुई ट्याक्टर कच्चा पदार्थ र तयारी अवस्थाको घ्यू पनि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।

    केमिकलयुक्त घ्यू उत्पादन र बिक्री वितरण हुने गरेको भनी प्रहरीलाई सूक्ष्म सूचना आएअनुसार छापा मारिएको उनले तर्क गरे। 'उद्योगमा अरू सामग्री त खासै उत्पादन भएको देखिएन' उनले भने। घटनास्थलमा पुगेका प्रहरीले तयारी अवस्थाका डब्बा हेर्दा पनि शुद्ध घ्यू जस्तो नदेखिएको र मिसावटयुक्त जस्तै देखिने उनले बताए।

    नियन्त्रणमा लिएका सबै डब्बा गन्ती गर्न आइतबार अबेरसम्म समय लाग्ने भएकोले पूर्ण सामग्रीको विवरण भने सोमबार मात्र आउन सक्ने प्रहरी उपरीक्षक राठौरको भनाइ छ। उनले प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ। थप अनुसन्धानका लागि प्रहरीले सम्बन्धित निकायसँग पनि समन्वय गर्ने बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]