विश्व

इराकमा फेरि जाग्यो इस्लामिक स्टेट

पुरानै अवस्थामा फर्किन शक्ति सञ्‍चय तीव्र

पुस ७, २०७६

    लामो लडाइँपछि प्रतिरक्षात्मक अवस्थामा पुगेको चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस) फेरि जागेको छ। इराकका विभिन्‍न भागमा यो समूह पुनर्गठित हुन थालेको बीबीसीले जनाएको छ। 

    इराक र सिरियालगायत मध्यपूर्वका भूभाग समेटेर छुट्टै इस्लामिक राज्य क्यालिफेट बनाउने लक्ष्यसहित आइएसले उग्र प्रदर्शन गरेको थियो। अमेरिका र युरोपेली मुलुकका मानिसहरुलाई अपहरण शिरोच्छेदनदेखि मध्यपूर्व र खाडी क्षेत्रका सरकारी सेना एवम् इतरका विद्रोही समूहविरुद्ध आइएसले युद्ध नै छेडेको थियो। यो समूहलाई निमिट्यान्‍न पार्न भन्दै विश्‍वका शक्तिराष्ट्रहरुले पनि हदैसम्मको शक्ति प्रयोग गरेका थिए। 

    दुई वर्षअघि आइएस इराकस्थित अन्तिम नियन्त्रणक्षेत्रमा पराजित भएको थियो। अमेरिकी सेनाको एक टुकडीले कात्तिक दोस्रो साता आइएस प्रमुख अबु बकर अल बग्दादीलाई सिरियामा मारिदिएको थियो।

    सरकारी र कुर्द लडाकुसँगको मुठभेटमा पराजित भए पनि पछिल्लो पटक इराकमा यो समूहको आक्रमण बाक्लिएको छ। आइएससँग लडिरहेको कुर्द र पश्चिमा गुप्तचरहरुले नै आइएस फेरि जागेको बताइरहेका छन्।

    कुर्द लडाकुका प्रति-आतंकवादरोधी अधिकारी लाहुर तालावानीले आइएस लडाकुहरुमा पहिलेभन्दा निकै खतरनाक युद्धकौशल देखिएको र यो संगठन अलकायदाभन्दा पनि खतरनाक बनिरहेको उल्लेख गरिरहेका छन्।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार निकै ठूलो मात्रामा आर्थिक संकलन गरेको आइएसले अहिले युद्धमा प्रयोग हुने हतियार, सवारीसाधन र खाद्यन्‍न किनिरहेको छ। प्राविधिक रुपमा पनि निकै उनीहरु निकै निपुण देखिएको खबरहरुमा उल्लेख छ। व्यापक शक्ति सञ्चय गर्दै गएको आइएसलाई पूर्णत: सखाप पार्न निकै कठिन पर्नेछ।

    सन् २०१२ मा संगठित हुँदै गर्दाको अवस्था जस्तै अहिले आइएसले फेरि आफ्ना गतिविधि बढाइरहेको छ। संगठन विस्तार र मानिसहरुबाट कर उठाउने क्रम बढिरहेको छ। यस्तै स्थिति रहेमा सन् २०२० मा आइएस थप मजबुद भइ विश्वव्यापी टाउको दुखाई बन्‍ने पक्कापक्की रहेको विश्लेषकहरुले बताएका छन्।

    आइएससँग लडिरहेको कुर्दिस गुप्तचरहरुका अनुसार अहिले इराकमा आइएसका करिब दश हजार लडाकु सक्रिय छन्। त्यही संख्यामा सुरक्षा अङ्गहरुमा घुसपैठिया (स्लिपर सेल) हरु रहेको गुप्तचरहरुले आंकलन गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]