राजनीति

‘प्याज खानु स्वास्थ्यका लागि हानिकारक छ’

पुस ७, २०७६

    काठमाडौं : नेपालीको भान्सामा अनिवार्य प्रयोग हुने प्याजको मूल्य दुई सय रुपैयाँ केजीभन्दा माथि पुगेको विषय संसदमा पनि पुगेको छ। 

    संसदको हिउँदे अधिवेशन अन्तरगत सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रामप्रीत पासवानले प्याजको महँगीबारे बोलेका हुन्।

    उनले बैठकमा बोल्दै नेपाली जनताले प्याज खाने अवस्था नरहेको उल्लेख गरे। ‘प्याज २०० प्रतिकेजी माथि पुगेको छ’, उनले भने, ‘सरकारबाट अब ‘प्याज खानु स्वास्थ्यका लागि हानीकारक छ’ भनेर सूचना जारी गरियोस्।’

    सांसद पासवानले देशमा समृद्धि नेता र कर्मचारीलाई मात्रै आएको बताए । ‘समृद्धि नेता र कर्मचारीलाई आयो, हिजोका सर्वहारा नेता महलमा आसिन छन्’, उनले भने, ‘जनताको घरमा गरिबी उस्तै छ। जनताले आलु पनि किन्न सकिरहेका छैनन्। जनता त्रसित छन्। अनि समृद्धिको नाममा सरकारले केमा नाक फुलाउँदैछ।’ 

    कुनै पनि देशमा समृद्धिको कुरा गर्दा तीनवटा शर्त पूरा हुनुपर्ने उनको तर्क थियो। ‘समृद्धिका लागि विभेद र भ्रष्टाचारको अन्त्य हुनुपर्छ। युवालाई देशमा रोजगारी नदिएसम्म समृद्धि बेकारका गफ मात्रै हुन्। त्यति नभए जनताको मुहारमा खुसी आउन सक्दैन।’ 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]