समाज

चुरे क्षेत्रबाट अबैध ढुंगा ओसारपसार गरिरहेका ट्याक्टर नियन्त्रणमा

फाइल फोटो
पुस ७, २०७६

    कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रको चुरे क्षेत्रमा अबैध रुपमा ढुंगालगायतका सामग्री संकलन गरी ढुवानीको कार्य हुन थालेपछि नियन्त्रणका लागि वन कार्यालयले चासो देखाउन थालेको छ। 

    ढुंगा ओसार्ने कार्यमा संलग्न १८ ट्याक्टरलाई नियन्त्रणमा लिई सव डिभिजन वन कार्यालय बाणीले कारवाही प्रक्रिया अगाडि बढाएको छ। नगरपालिकाले ढुंगा, बालुवा र गिट्टीलगायत संकलन गर्नका लागि सिमांकन गरेको क्षेत्र भन्दामाथि पुगेर अबैध रुपमा ढुंगा ओसार्ने कार्यमा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्याक्टरलाई सव डिभिजन कार्यालय बाणीमा राखिएको छ।

    नगरपालिका कार्यालयसँग समन्वय गरी अबैध रुपमा ढुंगा ओसार्ने कार्यमा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएका छौं सव डिभिजन वन कार्यालयका प्रमुख सलिना कडालले भनिन, ‘वन ऐनको दफा ५० को उप दफा छ क अनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको छ।’ 

    नियन्त्रणमा लिइएका ट्याक्टर धनी बाट मूल्यांकनका आधारमा विगो कायम गरी  पहिलो पटकका लागि जरिवाना गरिने कार्यालय प्रमुख कडालले बताइन्। उनका अनुसार पहिलो पटकका लागि ऐनको प्रावधान अनुसार सामान्य जरिवान गरिन लागेको छ।

    दोस्रो पटक अबैध रुपमा ढुंगा लगायतका प्राकृतिक सामग्री संकलन र ढुवानी गरिएको पाइए ऐनकै प्रावधान अनुसार हदै सम्मको कारवाही गरिने उनको भनाई रहेको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]