अर्थ

महालक्ष्मीको आवास कर्जामा लागतको ९० प्रतिशतसम्म ऋण पाइने

फाइल फाेटाे
पुस ७, २०७६

    काठमाडौं :  महालक्ष्मी विकास बैंकले आवास कर्जा योजाना ल्या‍एको छ। बैंकले घर खरिद तथा निर्माणको लागि छुट्टाछुट्टै प्याकेजसहितको योजना सार्वजनिक गरेको हो। 

    यो योजनाअन्तर्गत घर निर्माणमा  लागतको अधिकतम ९० प्रतिशतसम्म ऋण दिइने उल्लेख गरिएको छ। त्यस्तै ,खरिदमा अधिकतम ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने जनाएको छ। अधिकतम २५ वर्ष कर्जाको अवधि हुनेछ।  बैंकले ब्याज ११.९९ प्रतिशत कायम गरेको छ।

    घर निर्माणमा अग्रिम कर्जा प्रवाह साथै निःशुल्क दुर्घटना बिमाजस्ता सुविधाहरू बैंकले प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ। बजारमा हुनसक्ने उतार चढावबाट ऋणीलाई सुरक्षित गर्नका लागि यो योजना अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित व्याजदर कर्जा अवधिभर यथावत् रहन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]