समाज

भक्तपुरमा गुण्डु ग्राण्ड रिसोर्ट शिलान्यास

पुस ७, २०७६

    काठमाडौं : सूर्यविनायक नगरपालिका ७  घ्याम्पेडाँडा नजिकै पर्यटन व्यवसायका लागि द ग्रान्ड गुण्डु रिसोर्टको शिलान्यास भएको छ। सोमबार संघीय संसदका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उक्त रिसोर्टको शिलान्यास गरेका हुन्। 

    शिलान्यासपछि बोल्दै  बस्नेतले स्वदेशी तथा विदेशी नागरिकका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी भइरहँदा सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेसँगै यसले पर्यटन व्यवसायमा टेवा पुर्‍याउने बताए। उनले भने,‘नौवटा हिमश्रृंखलादेखि काठमाण्डौ उपत्यकाका मनोरम दृश्यको अवलोकन गर्न सकिने घ्याम्पे डाँडा, रानीकोट, बोकाचा गढी, लगायतका क्षेत्र नयाँ पर्यटकीय आकर्षक गन्तव्य बन्छ।’ बस्नेतले दुईवर्षमा सबै सडक कालोपत्रे गर्ने बताउँदै व्यवसायीले ढुक्कसंग लगानी गर्न आग्रह गरे। 

    कार्यक्रममा पर्यटन व्यवसायी एवं द ग्राण्ड गुण्डुका अध्यक्ष विज्ञान राईले पर्यटकीय गन्तव्य बनाउन ५२ रोपनी क्षेत्रफलमा अत्यधुनिक सुविधा सम्पन्न रिसोर्ट बनाउन लागेको बताए।

    उनका अनुसार उक्त रिसोर्ट ३७ करोड लागतमा बन्ने छ। दुईवर्षमा निर्माण सम्पन्न गर्ने गरी साततले भवन निर्माण गर्न लागिएको छ। अध्यक्ष राईले भने, ‘सात तले भवनमा ४४ वटा सुविधासम्पन्न कोठाहरु रहन्छन्। करिब दुई सय जना अट्ने क्षमताको सेमिनार हल, पाँच सय जनासम्म अट्ने बैंक्वैट, स्वीमिङ पुल, स्पा, व्यायाम कक्ष, बालउद्यान, शैक्षिक अनुसन्धान केन्द्र,पिकनिक स्पोर्टस, दुई सय सवारीसाधन अट्ने पार्किङ लगायतका संंरचना निर्माण हुन्छ।’ 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]