राजनीति

'अमेरिकी परियोजनाा एमसिसीबाट पछि नहटे नेपाल अफगानिस्तान हुन्छ'

भारतले हडपेको भूमि फर्काउन सरकार चुकेको आरोप

पुस ७, २०७६

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले भारतले हडपेको नेपाली भूमि फिर्ता ल्याउन नेपाल सरकारले आलटाल गरेको आरोप लगाएका छन्।

    सोमबार राजधानीमा आयोजित नेपालको राष्ट्रियतामा भारतीय प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कट्टेलले भारतले विधिवत रुपमै नेपालको भूमि आफ्नो नक्सामा पारेको बताएका हुन्। 

    ‘इतिहासमा पहलो चोटी भारतीय विस्तारवादले जबरजस्ती हडप्दै बसेको नेपाली जमिनलाई अहिले आएर विधिवत रुपमै आफ्नो नक्साभित्र पारेको छ,’ उनले भने, ‘यो विषय नेपालीको लागि अत्यन्तै गम्भीर र पेचिलो विषय बनेको छ।’ अहिलेको सरकारले नेपालको सीमा मिचिएको विषय अहिलेको नभएको बताएको भन्दै उनले दुखेसो गरे।

    ‘अहिलेको सरकारका प्रवत्ता र नेताहरुले कतिपय ठाउँमा भनेको सुनियो यो आजको विषय होइन। यो आजको विषय होइन भन्नेकुरा क ख जानेको हरेक नेपालीलाई थाहा छ,’ उनले भने, ‘आजको विषय त  विधिवतरुपमा भारत‍ीय सरकारले हाम्रो भूभाग आफ्नो नक्सामा समेटेको विषय हो।  त्यसकारण यसको मुख्य रुपमा जिम्मा लिएर त्यसको रक्षा गर्नुपर्ने आजको सरकारको मुख्य जिम्बेवारी हो।’

    सरकार देशको प्रतिनिधि भएको भन्दै उनले राष्ट्रियताको सवालमा सरकार हलुका भएको आरोप लगाए। ‘उहाँहरु आजको कुरा होइन भनेर पन्छिनु भएको छ। यो भन्दा राष्ट्रहित विपरीतका अभिब्यक्ति अरु केही पनि हुँदैन। हामीलाई थाहा छ सरकार देशको प्रतिनिधि हो,’ उनले भने, ‘विधिवतरुपमा देशको भूभाग गुमेको छ, आजसम्म परराष्टको कर्मचारीले विभिन्न अर्थ लाग्नेगरी जारी गरेको प्रेसनोट र नेपाली जनातालाई स्पष्ट नपारिएको तर, प्रचार गरिएको कुटनीतिक नोट पठाइएको भन्नेबाहेक केही भएको छैन।’  

    नेपाली भूमि फिर्ता ल्याउनुपर्ने विषयमा जनताले दबाब दिँदा प्रहरीले दमन गरेको उनको आरोप छ। उनले राष्ट्रियताको विषयमा सरकार अलमल रहेको पनि बताए। ‘देशको भूभाग मिचिएको अबस्थामा पनि यति अलमल र कुनै ठोस प्रतिक्रिया हुँदैन भने नेपाली जनताले यो सरकारको शासन, कानुन स्वीकार्नुपर्ने के कारण हुन्छ?,’ उनले प्रश्न गरे। 

    दिल्ली सम्झौतापछि नेपालको राजनीतिक, आर्थिक र अन्य क्षेत्रमा भारतीय प्रभाव बढ्दै गएको उनको ठहर छ। महाकाली सन्धि गर्दैमा महाकालीको मुहान एकीन नभएकोले अहिले भारतले नेपाली भूभाग हडपेको बताए। ‘महाकाली सन्धी गर्नुपहिले महाकालीको मुहान एकिन किन भएनन्?’ उनले भने, ‘भारतले यही नक्सालाई टेकेर नेपाली भूभाग समेटेर नक्साजारी गरेको छ। अहिले भारतले हिम्मतकासाथ खडा गरेको नक्कली महाकाली नै त्यो बेला सम्झौता भएको मुहान मानेर यहाँका सत्तासिनहरुले सम्झौता गरेका छन्।’

    उनले तत्कालीन समयमा कांग्रेस, एमाले र राप्रपा भएर गरेको सम्झौता अनुसार नै अहिले नक्सा जारी गरेको उनको ठम्याई छ। ‘माधव नेपाल, केपी ओली, शेरबहादुर देउवा र पशुपति शर्मा जवरा  यी चार जनाले राष्ट्रियताको कुरा गर्नुपहिले जनताका अगाडी माफी माग्नुपर्छ,’ उनले भने, ‘विरो हुँदाहुँदै पनि अनेक षडयन्त्र गरेर सन्धी गरियो। केपी ओली महाकाली सन्धीका खलनायक हुन।’

    उनले सरकारले आजसम्म भारतिय राजदुतलाई बोलाएर कुनै जानकारी गराउन नसकेको आरोप पनि लगाए। त्यस्तै वर्तमान सरकारले देशलाई अफगानिस्तानको अवस्थामा धकेल्न लागेको पनि बताए।

    ‘वर्तमान सरकार गठन भइसकेपछि नेपाल अफगानिस्तान हुने खतरा बढेको छ। अहिले चर्चामा रहेको एमसीसी अब नेटो जस्तै हो। एशिया प्यासेफिकबाट किन बाहिरिनुपर्‍यो,’ उनले भने, ‘नेपाल देश महाशक्ति राष्ट्रका क्रिडास्थल बन्दैछन्।’   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]