विश्व

अमेरिकी विमान निर्माता कम्पनी बोइङका सीइओ बर्खास्त

पुस ८, २०७६

    अमेरिकी विमान निर्माता कम्पनी बोइङले प्रमुख कार्यकारी प्रमुख डेनिस मलेनबर्गलाई पदबाट बर्खास्त गरेको छ।

    निरन्तरको जहाज दुर्घटनाका कारण अहिले बोइङ कम्पनीद्वारा उत्पादित ७३७ म्याक्स सिरिजका अधिकांश जहाज ग्राउन्डेड छन्। कम्पनीप्रतिको विश्वास टुट्दै गएपछि कार्यकारी अधिकृत मिलेनबर्गलाई हटाउनु परेको बोइङले स्पष्टोक्ति दिएको छ। 

    अध्यक्ष डेभिड कोलहोनले नै आगामी १३ जनवरीदेखि कम्पनीको प्रमुख कार्यकारी प्रमुखको पद सम्हाल्ने तय भएको छ। बोइङले जारी गरेको विज्ञप्तीमा ‘कम्पनीले गुमाएको विश्वसनीयता पुनः स्थापित गर्न जरुरी देखिएकाले नेतृत्वमा परिवर्तन गर्न लागिएको’ जनाइएको छ। 

    गत मार्च महिना र त्यसअघि भएका दुईवटा बोइङ ७३७ म्याक्स जहाज दुर्घटनाका कारण कम्पनीले आफ्ना कार्यकारी प्रमुखलाई हटाएको अनुमान छ । यी दुई ठूला दुर्घटनापछि अमेरिकी जहाज निर्माता कम्पनी बोइङमाथि दबाब बढेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]