समाज

निर्माणाधीन कालीगण्डकी करिडोरबाट झरेको ढुङ्गाले घरमा क्षति

पुस ८, २०७६

    गुल्मी : निर्माणाधीन कालीगण्डकी करिडोरबाट झरेको ठूलो ढुङ्गाले एक घरमा क्षति पुगेको छ। कालीगण्डकी गाउँपालिका–२ को बौरमा रहेको हिमलाल पराजुलीको घरमा क्षति पुगेको हो।

    नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोरअन्तर्गत अर्बेनी–पुर्तीघाट सडकखण्डबाट झरेको ठूलो ढुङ्गाले पराजुलीको घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष देवीप्रसाद न्यौपानेले जानकारी दिए।

    घरमा कोही मानिस नभएकाले मानवीय क्षति भने भएको छैन। नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोरमा बम विष्फोट गर्दा जमिन थर्किएर ठूलो ढुङ्गा खसेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। क्षति भएको घर नेपाली सेना र गाउँपालिकाले पुनर्निर्माण गर्ने बताइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]