राजनीति

के थियो उपेन्द्र यादवको संविधान संशोधन प्रस्तावमा?

मुख्य एजेण्डामै समाजवादी असफल

पुस ८, २०७६

    काठमाडौं : सत्तारुढ नेकपा र प्रतिपक्षी राजपाबीच राष्ट्रिय सभा निर्वाचनका लागि भएको सम्झौतासँगै समाजवादी पार्टीको सत्ता यात्रा अन्तत: टुंगिने बिन्दुमा पुगेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेश गर्न लागिएको संविधान संशोधन प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिएपछि समाजवादीले मंगलबार सत्ताबाट बाहिरिने निचोड निकालेको हो।

    संविधान संशोधन प्रयासमा प्रधानमन्त्री ओली बाधक बनेसँगै मंगलबार बालकुमारीमा बसेको समाजवादी पार्टीको पदाधिकारीको अनौपचारिक बैठकमै पुगेर यादवले बुधबार महत्वपूर्ण निर्णय लिने बताइसकेका छन्। 

    समाजवादी पार्टी स्रोतका अनुसार ओली नेतृत्वको सरकारमा रहेका दुई मन्त्री उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले मंगलबारै राजीनामा तयारी गरेका छन्। 'राजीनामा दिएपछि बुधबार बस्ने पार्टी पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिनेछ', समाजवादीका एक नेताले थाहाखबरलाई भने। 

    संविधान संशोधन नहुने अवस्था आएपछि यादवमाथि सरकार छाड्न पार्टीभित्रैबाट चर्को दबाब परिरहेको छ। पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लामो समयदेखि यादवलाई सरकारबाट बाहिरिदन दबाब दिँदै आएका छन्। 

    बुधबार ११ बजे अध्यक्ष यादवले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्। उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिएपछि २ बजे पार्टी संसदीय दलको कार्यालयमा यादवले पत्रकार सम्मेलन डाकेका छन्। 

    संविधान संशोधनको शर्तसहित समाजवादी पार्टी सरकारमा गएको थियो। तर सोमबारको मन्त्रिपरिषद् बैठकमा लगिएको संशोधन प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरिदिएपछि समाजवादीको सरकार यात्रा टुंगिन लागेको हो। 

    यस्तो छ संशोधन प्रस्ताव :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]