समाज

साइबर अपराधमा संलग्‍न १३० जनालाई समात्‍न नेपाल-चीन संयुक्त अपरेशन

चिनियाँ विदेश मन्त्रालयले भन्यो: पक्राउ परेकाहरु ठगी र जालसाजीका अभियुक्त

पुस ८, २०७६

    काठमाडौं : चीनकै आग्रहमा नेपाल प्रहरीले १३० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको खुलेको छ। सोमबार महानगरीय प्रहरी परिसर काठमाडौं र अन्य प्रहरी संयन्त्रले १३० जना आफ्ना नागरिक समातेपछि चिनियाँ विदेशमन्त्रालयले यसबारेमा मंगलबार बोलेको हो। 

    चीनको विदेश मन्त्रालयले काठमाडौंमा पक्राउ परेका १३० जना नागरिकहरु ठगीमा संलग्न भएको जानकारी दिएको छ। 'नेपालमा सोमबार पक्राउ परेका १३० जना नागरिक सीमापार विद्युतीय अपराधमा मुछिएका नागरिक हुन्', चिनियाँ विदेश मन्त्रालयले मंगलबार भनेको छ। 

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ्ग स्युहाङले मंगलबार भएको नियमित पत्रकार सम्मेलनका नेपालमा पक्राउ परेका १३० जना चिनियाँ नागरिकबारे बोल्दै यस्तो जानकारी दिएका हुन्। पक्राउ परेकाले महिलाहरुको अश्लील भिडियो बनाउनेदेखि बैंक ह्याकिङको अपराधसम्म गरेको दाबी चीनले गरेको छ।

    'नेपालमा पक्राउ परेका सबै नागरिक सीमापार विद्युतीय अपराधमा मुछिएका छन्', उनले पत्रकार सम्मेलनमा भने, 'उनीहरुले विद्युतीय माध्यमबाट ठगी गरेको पाइएको छ। यसबारेमा नेपाल र चीन दुवैतर्फका प्रहरीले अनुसन्धान गरिरहेका छन्।'

    चिनियाँ विदेशमन्त्रालयले नेपालको राजधानी काठमाडौंमा एकै दिन भएको यति ठूलो अपरेशनमा चिनियाँ प्रहरी र नेपाल प्रहरीले संयुक्तरुपमा गरेको जानकारी दिएका छन्। 

    'पक्राउ परेकाहरु सीमापार विद्युतीय अपराधमा संलग्न भएकाहरु हुन्। जालसाजीमा मुछिएका उनीहरुले अनलाइन जुवा खेलाउनेदेखि अन्य अपराध गरेका पाइएको छ', उनले भने, 'नेपालसँगको सहकार्यलाई मजबुद बनाउने क्रममा भएको यो संयुक्त अपरेशन हो। हामीले हाम्रो मित्रतालाई अझ बलियो बनाउने क्रममा प्रहरीबीच पनि संयुक्त कारवाही चलाएका हौँ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]