राजनीति

'भ्रमण वर्षका सम्बन्धमा ८० संगठनसँग सम्वाद गरिँदै'

पुस ८, २०७६

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनसँग प्रत्यक्ष सम्वाद गर्ने बताएका छन्।

    मंगलबार राष्ट्रिय सहकारी महासंघ, गैरसरकारी संस्था महासंघ र सामुदायिक वन उपभोक्ता महासंघसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो बताएका हुन्। पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनसँगको छलफल महत्वपूर्ण हुने उनले बताए।

    मंगलबारसम्म ६० वटा विभिन्न राष्ट्रिय संगठनसँग छलफल भएको र बुधबार पनि गरी करिब ८० वटा संगठनसँग पर्यटन वर्षका विषयमा छलफल गर्ने योजना रहेको उनले बताए। मन्त्री भट्टराईले मंगलबारको छलफलमा सहभागि तीनवटै संगठनलाई जनवरी १ मा हुने मार्चपासमा प्रत्येक संगठनबाट एक सयजनालाई सहभागि गराउन पनि आग्रह गरे।

    पाँचतारे होटलमा नेपाली खानाको मेन्यु राख्न निर्देशन दिइसकेको बताउँदै उनले होमस्टेमा बास बस्नका लागि मात्रै नभएर स्थानीय उत्पादनर्लाइ टेवा पुग्ने गरी खानाको व्यवस्था गर्नुपर्ने पनि बताए। जनवरी १ बाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ। दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]