छापा

अनुदानको चामलमा हुम्लाका नेताको चलखेल

पुस ९, २०७६

    हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत वितरण हुने अनुदानको चामल पाउन नेताको चिट (सिफारिस) लिनुर्ने बाध्यता अझै हट्न सकेको छैन। यसले गर्दा पहुँचवालाले पर्याप्त चामल पाउने र सर्वसाधारण रित्तो हात फर्कनुपर्ने अवस्था छ। 

    अनुदानको चामल पाउन नेताको चिट लिनुपर्ने भएपछि खार्पुनाथमा चामल राजनीति चुलिँदै जान थालेको हो। यो बर्ष खाद्य संस्थानका खार्पुनाथ बिक्री केन्द्रमा पाँच सय क्विन्टल चालमको कोटा छ। ठेकेदारले केन्द्रमा दुई सय ७९ क्विन्टल झारिसकेका छन्। बाँकी चामल बाटोमै छ।

    कोटाअनुसार चामल आइनपुग्दै विगतमा जस्तै अहिले पनि स्थानीय नेताले चामल राजनीति थालेका छन्। केन्द्रमा आएको चामल प्रमुख जिल्ला अधिकारीले जारी गर्ने कुपन र नेताको चिटका आधारमा बाँडिन्छ।

    नेकपाका नेताका कारण चामल वितरणमा राजनीति भइरहेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले आरोप लगाएका छन्। नेकपा सांसद र मन्त्रीले चिटका आधारमा चामल बाँड्न थालेपछि कांग्रेस सांसदले पनि चिट बाँड्न थालेको स्रोत बताउँछ। यो खबर नागरिक दैनिकमा छापिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]