राजनीति

कानुन आयोगको अध्यक्षमा माधव पौडल नियुक्त, चीनलाई चार गैंडा उपहार दिने निर्णय

मन्त्रिपरिषद बैठकका निर्णय

फोटोः indiatvnews.com
असार २६, २०७३

    काठमाडौं : सरकारले पूर्वमन्त्री माधव पौडेललाई कानुन आयोगको अध्यक्षमा नियुक्त गरेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई कानुन आयोगको अध्यक्ष नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।

    यस्तै बैठकले चीन सरकारलाई दुईवटा भाले र दुईवटा पोथी गैंडा उपहार दिने निर्णय गरेको छ। सरकारले इन्जिनियर क्लस्टरबाट रमानन्द यादवलाई सचिवमा बढुवा गरेको छ। यस्तै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशीष्टीकृत सेवा प्रदान गर्ने गरी उपकरण खरिद गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको दाहालले जानकरी दिए।  

    बैठकले संघीय प्रदेशको मुख्य मन्त्री, मन्त्री र राज्यमन्त्रीको सेवा सुविधा निर्धारण गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति जुटाएको छ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]